Logo

मेची बगरमा बालुवाको ड्याम, शंका भयो लाखौंको काम !



झापा, २१ भदौ । नेपालको होचो गाउँपालिका कचनकबलको वडा नम्बर ५ मा मेची नदिको बाढी नियन्त्रणका लागि बालुवाको बाँध बनाउने र बाँस रोप्ने कार्यमा भएको खर्चमा स्थानीयले शंका गरेका छन् ।

गाउँपालिकाले साविक पाठामारी गाउँपालिकाको पाठामारी बजार उत्तर र डाँगाबारी दक्षिणको गाउँ जोगाउन बालुवाको बाँध बनाउन ३० लाख भन्दा बढी र बाँस रोप्न भएको १५ लाखको खर्चपति स्थानीयले शंका गरेका हुन् ।

नेपाल सरकारको जनताको तटबन्ध कार्यक्रम अन्तर्गत त्यहि गाउँ जोगाउन मेची नदि किनारमा डुङ्गा र तारजारीको स्पोरका लागि ५५ लाख खर्च गरेको छ भने गाउँपालिकाले १५ लाख खर्च गरेको गाउँपालिकाका ईन्जिनियर अमित ढुङगानाले जानकारी दिए ।

गाउँपालिकाले गएको आर्थिक वर्ष २०७४(०७५ मा बालुवाको बाँध बनाउन ५ लाख र आर्थिक वर्ष २०७५(०७६ मा २५ लाख भन्दा बढी खर्च गरेको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत तुलाराज थापामगरले जानकारी दिए ।

गाउँपालिकाले बालुको बाँध र स्पोरको बीचको खाली ठाउँमा तटबन्धका लागि बम्बूसा जातको पोथ्रे बाँस रोपेको छ । प्रदेश नम्बर २ बाट ल्याइएको बाँस रोप्न गाउँपालिकाले १० लाख खर्च गरेको छ । ३ हजार ७ सय बिरुवा रोपिएको छ । गाउँपालिकाको जेसिबीले खनेको खाल्डोमा बाँस रापिएको थियो ।

स्थानीयले ढुङ्गाको स्पोरले काम गरेपनि बाुलको बाँध र बाँस रोप्ने कार्य पैसा खाने मेलो मात्र भएको आरोप लगाएका छन् । उनीहरुले गाउँपालिकाले बाढी नियन्त्रणका लागि गरेको काममा शंका गरेका छन् ।

बाँस ३० लाख बढी खर्च गरिएको बालुवाको बाँस
बाँस ३० लाख बढी खर्च गरिएको बालुवाको बाँस
१० लाख खर्च गरेर रोपिएको बाँस

प्रतिक्रिया दिनुहोस्