Logo
  चैत्र ६, २०८० मंगलबार
समाचार
बैङ्ककमा २७ देशका नेपालीभाषीको भेला, एएनओ गठन

थाइल्याण्ड, ६ चैत । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौँ, ६ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ ।

८७ प्रतिशत मतसहित पुटिन रुसको राष्ट्रपतिमा पुनः निर्वाचित

मस्को, ६ चैत, (एएफपी) । रूसी नेता भ्लादिमिर पुटिन राष्ट्रपतिको छ बर्षको नयाँ कार्यकालका लागि निर्बाचित भएका छन् । प्रायः विपक्षी नेता सहभागी नभएको निर्वाचनमा राष्ट्रपति पुटिनसँग प्रतिस्पर्धा गरेका अन्य

बागलुङा बस दुर्घटना ः मृतकको सङ्ख्या ८ पुग्यो, २३ जना घाइते

बागलुङ, ५ चैत । बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनाको घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा

इलाम-२ को उपनिर्वाचनका लागि २० दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, ५ चैत । निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं.२ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका दललाई दर्ता गरी

राजीव गुरुङ भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त

गण्डकी, ५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन् । गुरुङलाई भौतिक पूर्वाधार तथा

माओवादी उपाध्यक्ष महरालाई काठमाडौँ ल्याइयो

काठमाडौँ, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो

घरेलु कम्पनीसँग सहकार्य गरेर इरानले तेल उत्पादन बढाउने

इरान, ५ चैत । इरानले आफ्नो तेल उत्पादन बढाउन घरेलु कम्पनीहरूसँग अर्बौं डलरको सम्झौता गरेको छ । पश्चिमी प्रतिबन्धको सामना गरिरहेको इरानको सरकार र व्यवसायीहरूले ६ वटा प्रमुख क्षेत्रमा दैनिक

जसपाको केन्द्रीय सम्पर्क समिति पुनर्गठन

काठमाडौँ, ५ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ । ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज

इस्लामावाद, ५ चैत (एएनआई) । पाकिस्तानका पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले शनिबार