Logo
  चैत्र १६, २०८० शुक्रबार

प्रेस काउन्सिलमा किशोर श्रेष्ठको ब्रम्हलुट



काठमाडौँ, ७ भदौ । प्रेस काउन्सिल नेपाल पत्रकार र आमसंचार माध्यममा आचारसंहिता कार्यान्यन गर्ने र अनुगमन गर्ने निकाय हो । आचारसंहिताको उजुरी लिने र त्यसको कार्यान्वयन भए नभएको अनुगमन गर्ने अर्धन्यायिक निकाय हो । यो सदाचार सिकाउने थलो हो । तर, प्रेस काउन्सिल आफै भ्रष्टचार र आर्थिक अनियमितताको अखडा बनेको छ ।

काउन्सिलका अध्यक्ष भवानी बरालले आफ्नो अनुकल काम गर्न नमाने पछि बोर्ड सदस्य किशोर श्रेष्ठको टिमले उनलाई रोक्न कानुन बिपरित नियुक्ति भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराए ।

काउन्सिलमा ब्रम्हलुट मच्चाउन श्रेष्ठले अध्यक्ष वराल बिरुद्ध मुद्दा चलाउने प्रपञ्च रचेका हुन् । श्रेष्ठको विशेष सम्बन्ध रहेका तत्कालिन प्रधानन्यायाधीस दीपक जोशीले मुद्दालाई संवैधानिक अदालतमा लगेर अड्काएका थिए । जुन अहिलेसम्म फैसला हुन सकेको छैन ।

अध्यक्ष वराल विरुद्ध मुद्दा परेपछि श्रेष्ठ कानुन विपरित स्वघोषित कार्यबाहक अध्यक्ष भएका हुन् । काउन्सिल बोर्डले अध्यक्ष वरालले पाए सरह कर्तव्य निर्वाह र अधिकारको प्रयोग गर्न निजलाई तलब भत्ता र सवारी सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । तर, महालेखा परिक्षकले यो काम ऐन विपरीत रहेको र उनले लिएको तलव भत्ता असुलउपर गर्नु पर्ने लिखित काउन्सिललाई जानकारी दिएको थियो ।

महालेखा परिक्षकले कार्यबाहक अध्यक्ष भएका श्रेष्ठसँग २०७४ साल कार्तिक १ गतेदेखि ०७५ असार मसान्तसम्मको मासिक ५१ हजार ४ सय २० रुपैयाँले हुने मासिक तलब ४ लाख ६२ हजार ७ सय ८० रुपैयाँ र टेलिफोन भत्ता ९ हजार मासिकका दरले ४ लाख ७१ हजार ७ सय ८० रुपैयाँ अनियमितता गरेको गरेकोले असुलउपर गरी लिन काउन्सिललाई पत्र पठाएको छ । महालेखाको प्रतिवेदनमा पछि श्रेष्ठको अनियमितता उल्लेख छ ।

बैठकका नाममा ब्रम्हलुट
प्रेस काउन्सिलमा बोर्ड सदस्य संख्या भन्दा बढी उपसमितिहरु बनाएर अनावश्यक बैठक गरी भत्ता लिने चलन चलाइएको छ । एकै दिनमा ९ वटा बैठक गरेर भत्ता कुम्ल्याउने काउन्सिलमा आम प्रचलन नै छ । यस सम्बन्धमा महालेखाले प्रश्न उठाएको छ ।

एकै दिनमा यति धेरै बैठक गर्नु मुनासिव नभएको लिखत दिएको छ । तर, बोर्ड सदस्यलाई आफ्नो पक्षमा पार्न शुभलाभ गरिदिने किशोर सूत्र पनि कायमै छ । कर्मचारीले बैठक संख्या घटाउन माग गर्दा समेत त्यहाँ कुनै सुनुवाइ नभएको कर्मचारी वताउँछन् ।

कार्यबाहक अध्यक्षले श्रेष्ठले भ्रष्टचार र अनियमितता गरेपनि सदस्यहरुले त्यसलाई रोक्न सकेका छैनन् । एक जना बोर्ड सदस्यले भवानी बराल अध्यक्ष भएर आएपछि भनेको भनाइले पनि बैठकका नाममा कति अनियमितता हुन्छ भन्ने प्रस्ट हुन्छ । ती सदीयले भने, बोर्ण सर (पूर्व अध्यक्ष बोर्णबहादुर कार्की) अध्यक्ष हुँदा त घर खर्च चलेको थियो, दाई (भवानी वराल) अध्यक्ष भएपछि त घर चलाउनै मुस्किल भो ।

काउन्सिल सदस्यको घर चलाउने उद्देश्यले प्रेस काउन्सिलका बैठक बसाइन्छ । कयौँ बैठक बसिँदैन, कर्मचारीले तयार पारेको समितिका माइन्युटमा एकैदिन सदस्यले सही धस्काउँछन् । बोर्ड सदस्यले महिना मरेपछि तलब थापे जसरी एकमुष्ठ चेक बुझ्छन् । यही कारणले पनि प्रेस काउन्सिलका सदस्य अध्यक्षका सम्बन्धमा चूँ गर्ने आँट गर्दैनन् ।

स्वघोषित कार्यबाहक
प्रेस काउन्सिल ऐन २०४८ को दफा ८ (३) मा अध्यक्षको अनुपस्थितिमा उपस्थित सदस्यहरुले आफूमध्येबाट छानिएको सदस्यले बैठकको अध्यक्षता गर्ने मात्र व्यवस्था छ ।

प्रेस काउन्सिलको विद्यमान ऐनमा कतै पनि कार्यवाहक अध्यक्ष वा उपाध्यक्षको व्यवस्था छैन । तर, उनी स्वघोषित अध्यक्ष बनेका छन् र अध्यक्षले गर्ने सबै अधिकार उपयोग गर्दै तलब भत्ता बुझिरहेका छन् । गत २०७४ साल साउन ३१ गते काउन्सिलको बोर्ड बैठक बसाएर आफै स्वघोषित अध्यक्ष भएका हुन । काउन्सिलका कर्मचारीको निरिहताको फाइदा उठाउँदै उनले यो निर्णय गराउन सफल भएका हुन ।
काउन्सिलको ऐन नियमको वर्खिलाप गर्ने सदस्य पनि श्रेष्ठलाई कावा अध्यक्ष बनाउन यसको हिस्सेदारीमा पर्छन । ऐन विपरीत काम हुँदा पनि जिम्मेवार नरहने कार्यालय प्रमुख र सदस्य सचिव प्रेस रजिष्ट्रार पनि जिम्मेवार देखिएका छैनन् ।

एघार सदस्यीय बोर्डमा गोपाल बुढाथोकी, ईश्वरी ओझा, नवलकिशोर यादव, गोविन्द चौलागाईं, खिलबहादुर भण्डारी, चेतनाथ धमला, संगिता खड्का, सुभेच्छा तुलाधर र पदेन सदस्य नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र सदस्य सचिव सञ्चार तथा सूचना प्रविधि विभागका निर्देशक हुन्छन ।

कार्यबाहक अध्यक्षको भ्रष्टचार र आर्थिक अनियमितताका सम्बन्धमा बोर्डका कुनै सदस्य बोल्दैनन् । तलब जस्तै बैठक भत्ता बुझ्ने अवस्था बनाएपछि बोर्ड सदस्यको बोल्ती बन्द भएको हो ।

एउटै आँगन भएको नेपाल पत्रकार महासंघ प्रेस काउन्सिलमा हुने भ्रष्टचारको दर्शक मात्र बनेको छ । श्रेष्ठका बिरुद्ध जसले बोल्छ, त्यसका बिरुद्ध अनेक सड्यन्त्र हुने भएपछि पत्रकार बोल्न र लेख्न डराउँछन् ।

यो पनि पढ्नुहोस् : https://www.sajilokhabar.com/?p=115464 ( रविलाई सडाउन किशोर श्रेष्ठको ग्राइण्ड डिजाइन ! )

Watch On Youtube: https://youtu.be/a-z1ka8GA38

प्रतिक्रिया दिनुहोस्