Logo

झापा बिद्रोहको सम्झनाः सालबारी सुखानी पार्क



झापा, ३१ साउन । नेपालको कम्युनिष्ट आन्दोलनमा मात्र होइन, नेपालको राजनीतिक परिवर्तनमा पनि झापा बिद्रोहको ठूलो प्रभाव रहेको छ । नेपालको कम्युनिष्ट आन्दोलनको पहिलो सशस्त्र झापा बिद्रोहलाई किसान बिद्रोह पनि भनिन्छ । झापामा बिक्रम सम्वत् २०२७ २८ मा झापा बिद्रोह भएको थियो ।

पञ्चायती व्यवस्थाको जरा हल्लिाए पछि झापा बिद्रोहमाथि चरम दमन भयो । तत्कालिन पंचायती व्यवस्थाले बिद्रोहका पाँच योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, बीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुईकेललाई कारागार सार्ने बहानामा २०२९ साल फागुन २१ सुखानीको जंगलमा हत्या गरेको थियो ।

तिनै शहिदको स्मुतिमा झापाको शनिश्चरेस्थित सालबारी सुखानी सहिद स्मृति पार्क निर्माण गरिएको छ । यो पार्क पर्यटकीय क्षेत्रका रूपमा बिकास भएको छ । सुखानी पाकर्मा कछुवा उद्धार तथा प्रजनन् केन्द्र पनि छ । जुन जैविक विविधताबारे अध्ययन गर्नेहरूका लागि आकर्षक छ ।

झापाका पर्यटकीय स्थल मध्ये राम्रो र आकर्षक रहेकाले घुम्न आयने पर्यटकको घुँइचो लाग्ने गर्दछ । मनोरञ्जनात्मक सामग्री र लोपोन्मुख जीवजन्तुको दृश्यावलोकन गर्न सकिन्छ । ठूलो जंगलभित्र सुन्दर र आकर्षक बाटाहरु, झापा बिद्रोहका ५ सहिदको मूर्ति, ठूलो पोखरीभित्र बोटिङ, आकर्षक पुल सालबारी घुम्न र रमाउँन चाहाने आन्तरिक पर्यटकका लागि पहिलो रोजाई बनेको छ ।

पार्कभित्र पोखरी, झोलुङ्गे पुल, डुङ्गा, वनभोजस्थलका साथै बालबालिकाका लागि विभिन्न मनोरञ्जनका सामग्रीहरु राखिएको छ । जंगलले घेरिएको यो ठाउँ गर्मी बडेसँगै पर्यटकका लागि हावा घर बनाइएका छन् । प्रेमि प्रेमिकासँगै बालबालिका, तन्नेरी, बुढाबुढीका लागि सालबारी पहिलो रोजइमा पर्ने गरेको छ ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस्