Logo
  चैत्र ६, २०८० मंगलबार

करोडौँको लगानीमा ‘बेला’ पानी उत्पादन



झापा, २९ साउन । झापाको कमल गाउँपालिका वडा नम्बर ६ मा करोडौँको लगानीमा पानी उद्योग संचालनमा आएको छ । पाडाजुँगीदेखि २ किलोमिटर दक्षिण रहेको इष्ट्रन फूड एण्ड वेभरेज प्रालिले सरकारले तोकेको मापदण्ड पूरा गरेर ‘बेला’ ब्राण्डको पानी उत्पादन सुरु गरेको हो ।

यूएस प्रविधिमा आधारित उद्योगको दैनिक ३६ हजार बोतल पानी उत्पादन गर्ने क्षमता भएपनि हाल आधा मात्र उत्पादन गर्दै आएको संचालक भविन्द्र भण्डारीले बताए । अनुसार १४ गतेबाट उत्पादन सुरु गरेको उद्योगले ४० भन्दा बढी स्थानीय युवा युवतीलाई रोजगार दिएको छ । उद्योगको क्षमता बढेसँगै रोजगारीमा पनि वृद्धि हुने संचालक भण्डारीले जानकारी दिए ।

सरकारले पानीलाई खाद्य पदार्थमा राखेको छ । ‘खाद्य ऐन २०२३ अनुसार बनेको नियमावली २०२७ को नियम ३३ को (क) आधारमा ‘प्रसोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४’ जारी गरेको छ । उद्योग संचालक भण्डारीले सरकारले तोकका सबै मापदण्ड पूरा गरेको बताए ।

उद्योगको अत्याधुनिक मेशिनबाट पानी उत्पादन हुने गर्दछ । बोतल बनाउन प्रयोग गरिने कच्चा पदार्थ आफैँ आयात गरी बोलत तयार गर्ने गरेको छ । भण्डारीका अनुसार, ‘सरकारी मापदण्ड अनुसार बोतल न्यूनतम २० ग्रामको हुनु पर्छ, हाम्रो उद्योगमा त्यही अनुसारको तौल हुन्छ ।’

बोतलको सफाई, बोतलमा पानी भर्ने र त्यसलाई कार्टुनमा प्याकिङ् गर्ने काम मेशिनबाटै हुने गर्दछ । बोतलमा लगाइने बिक्रो पनि तत्कालै उत्पादन हुने र मेशिनबाट लाग्ने गर्दछ । बोतलका व्याचदेखि सीलसम्मको सबै काम मेशिनले गर्दछ ।

उद्योगको आफ्नै पानी परीक्षण गर्ने ल्याव छ । प्रत्येक व्याचको उत्पादित पानीको ल्याव परीक्षण हुने उद्योगका जीएम टिडी जोशीले बताए । उद्योगमा कार्यरत कर्मचारीले हात खुट्टा धोएर एप्रोन र अलग्गै चप्पली लगाएर मात्र पानी उत्पादन हुने ठाउँमा जान पाउँछन् ।

उद्योगले जारमा पनि पानी उत्पादन गर्दै आएको छ । उद्योगले प्रति घण्टा १ सय ५० वटा जारमा पानी भर्ने क्षमता राख्दछ । उद्योगमा फिर्ता आएको जारलाई चार ठाउँमा सफाई र ब्रस गरेपछि मात्र पुनः पानी भरिने गरेको जीएम जोशीले जानकारी दिए । त्यो पनि सबै मेशिनबाट हुने गर्दछ ।

सरकारी मापदण्ड अनसार उद्योगले १० देखि १५ पटक भन्दा बढी जारमा पानी नभर्ने जोशीले बताए । जीएम जोशीले मेशिनको प्रयोग, सुरक्षा र सफाइका कारण बेला पानीमा व्याक्टेरियाको कुनै सम्भावना नभएको बताए । उनले भने, ‘यस उद्योगबाट उत्पादित पानी नौ महिनासम्म पिउन योग्य हुन्छ, कुनै समस्या आउँदैन ।’

बेला ब्राण्डको पानी गुणस्तरका हिसावले प्रदेश १ मा पहिलो भएको संचालक भण्डारीले दावी गरे । उनले भने, ‘गुणस्तर कायम गर्न कुनै सम्झौता हुँदैन, उद्योगले नागरिकको स्वास्थ्यमा खेलवाड गर्दैन, गुणस्तर कायम गरेरै प्रतिस्प्रधामा उत्रन्छौँ ।’

खाद्य प्रविधि तथा गुणस्तर मापन विभाग र कार्यालयले उत्पादित पानीको गुणस्तर जाँच नगर्दा प्रसोधित पानी उत्पादन सम्बन्धी मापदण्ड पूर्ण रुपले लागू हुन सकेको छैन ।

कार्यरत श्रमिक
जीएम टिडी जोशी
संचालक भविन्द्र भण्डारी
उद्योग

प्रतिक्रिया दिनुहोस्