Logo

फेसबुकमा बुढ्यौली तस्वीरः वृद्धाश्रमदेखि वृद्ध भत्तासम्मको माग



काठमाडौँ, २ साउन । नेपालमा दुई तिन दिन यता फेस एप मार्फत बुढो हुने बाढी आएको छ । केही दिन यता फेस एपबाट बुढ्यौली उमेरको तस्वीर बनाएर सामाजिक सञ्जालमा पोष्ट भएका छन् । दुई तिन दिन यता नेपालमा पनि फेस एप भाइरल भएको छ ।

हास्य कलाकार दिपकराज गिरी र दीपा श्री निरौला

फेस बुक लगायतका सामाजिक थरीथरीका प्रतिक्रिया व्यक्त भएका छन् । धेरैले ठट्टा र समाइलो मान्दै आफ्नो बढ्यौली तस्वीर पोष्ट गरेका छन् । कसैले वृद्धभत्तासँग जोडर टिप्पणी गरेका छन् । कसैले वृद्धाश्रम बनाउन सरकारलाई आग्रह गरेका छन् ।
बाढीको सन्दर्भ सेलाउँदै गएको र राष्ट्रिय राजनीतिमा पनि कुनै कुनै नयाँ फण्डा नहुँदा फेस एप एकाएक भाइरल भएको छ ।

कतिपयले सुरक्षाका कारण यो एप प्रयोग गर्न नहुने प्रतिक्रिया दिएका छन् । फेस एपले सामाजिक सञ्जालमा मात्र होइन, सञ्चार माध्यममा पनि राम्रै ठाउँ पाएको छ ।
रसियन कम्पनीले सन् २०१७ मा फेस एप निर्माण गरेको हो । खेलाडीले फेस एप प्रयोग गर्न थालेपछि एका एक भाएरल भएको हो ।

भारतीय कलाकारले विश्वकप क्रिकेट प्रतियोगिताको समयमा फेस एपबाट आफुलाई बुढो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि नेपालमा पनि भाइरल भएको हो ।

फेसबुकमा भेटिएका योगेश शर्मा

नेपालमा गएको मंगलबारबाट फेस एप भाइरल भएको हो । नेपालमा कलाकार खेलाडी, राजनीतिक कार्यकर्ता, पत्रकार सबैले आफ्नो तस्वीर बढ्यौली उमेरको बनाएर पोष्ट गरेका छन् ।

फेस एप भाइरल हुन थाले पनि विश्वका केही कम्पनी र विज्ञले फेस एपले व्यक्तिका डाटा संकलन गर्ने आरोप लगाएको छ । तर, फेस एप कम्पनीले विज्ञप्ति प्रकासित गरी कसैको पनि डाटा संकलन नगरिने र गोपनीयता भंग नहुने भन्दै आरोपको खण्डन गरेको छ ।

हास्य कलाकार जितु नेपाल र माग्ने बुढा

प्रतिक्रिया दिनुहोस्