Logo

बिर्तामोड नगरमा सामाजीक सुरक्षा कार्यक्रम एकीकृत रुपमा सञ्चालन



झापा, १९ असार । बिर्तामोड नगरपालिकाले सामाजीक सुरक्षा कार्यक्रमलाई एकीकृत सेवाको रुपमा प्रदान गर्न थालेको छ ।

नगरपालिकाको सामाजीक सुरक्षा शाखाले सामाजिक सुरक्षा कार्यक्रम अन्तरर्गत ज्येष्ठ नागरिक तथा अपाङ्गता भत्ता, महिला, बालबालिकाको शिक्ष, स्वास्थ्य लगायतका एकीकृत सेवा प्रदान गर्न सुरुगरेको हो ।

सामाजीक सुरक्षा शाखाले सबै वडाका लैङ्गिक हिंसा न्यूनिकरण, न्यायिक समितिको क्षमता वृद्वि तालिम, नगरका १७ वटा सामुदायिक विद्यालयमा बाल क्लव गठन, नगरका एक हजार २ सय ३५ जना जेष्ठ नागरिकलाई परिचय पत्र वितरण र १ सय २४ जना अपाङ्ग भएका नागरिकलाई अपाङ्गता परिचय पत्र वितरण भएको छ ।

मौलिक हक रुपमा रहेको सामाजीक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन बृहत रुपमा अगाडि बढाइने महिला तथा बालबालिका शाखाकी अधिकृत कविता तुम्वापुले बताइन् । आर्थिक वर्ष २०७५–७६मा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र नगरको बजेटबाट कार्यक्र संचालन भएको अधिकृत तुम्वापुले जानकारी दिइन् ।

नगरपाालिका उपप्रमुख पवित्रा महतरा प्रसाईले आगामी आर्थीक वर्ष २०७६–७७ मा बालबालिका, महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको हकमा विशेष कार्यक्रम संचालन गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्