Logo

 

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ ।

 

बृष

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

मिथुन

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । 

 

कर्कट

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । 

 

सिंह

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । 

कन्या

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ ।

 

तुला

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ ।

 

बृश्चिक

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)दाम्पत्य जीवन सुखद बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ  ।

 

धनु

धनु  – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)  रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ ।

 
मकर

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।

 

कुम्भ

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन ।

मीन

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।