Logo

 

मेष

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) यात्राको योग छ, तर द्वादश भावको चन्द्रमाको अनुकूल प्रभाव देखिंदैन, त्यसैले यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ, काममा बाधा देखिन सक्छन्, तर नअत्तालिई हिम्मतका साथमा काम गर्न सके सफलता नै मिल्ने समय छ । 

 

बृष

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) श्रराज्यस्थानको बलशाली चन्द्रमाको प्रभावले पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

 

मिथुन

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्न जाँगर बढ्ने समय छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुनेछ । नवीन रोजगारीको वा कुनै नयाँ व्यवसायको थालनी गर्न उत्तम समय छ । कुरा काट्नेहरू सक्रिय हुनसक्छन्, तर धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । 

 

कर्कट

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) आज परसेवा र धार्मिक गतिविधिमा सक्रिय हुने दिन भएकाले शत्रु नै भए पनि कसैको आलोचना वा विरोध नगर्नु राम्रो हुनेछ । मनमा कुविचार आउन दिनु हुँदैन, नत्र भाग्यको मार्गमा अवरोध आउनसक्छ । प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ । तपाईंको मनमा विरक्तिको भाव बहन सक्छ ।

 

सिंह

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) राती अबेर भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुने दिन त हो, तर दिनभरि अष्टम भावमा रहेको चन्द्रमाका कारण परिस्थिति अझ विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग चित्त नबुझ्न सक्छ । बोलीमा संयमता अपनाउनु पर्छ किनकि भनेको कुराले विपरीत अर्थ वहन गर्नेछ ।

 

कन्या

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) रमझम र मनोरञ्जनमा आकर्षण बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । दिन ढल्दै जाँदा जिम्मेबारीबोधसमेत बढ्दै जानेछ । 

 

तुला 

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ ।

 

बृश्चिक

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) आत्मबल बढ्ने समय छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । बन्धुबान्धव र दाजुभाइका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ ।

 

धनु

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) चतुर्थ भावमा रहेको चन्द्रमाको अनुकूल फल मिल्दैन, त्यसैले मनका विकारलाई बाहिर निस्कन दिनु हुँदैन । आज तर्कवितर्क, झैझगडा र विवादका विषयमा अघि नबढेको जाति हुन्छ । संयम हुनसके दिन राम्रो बनाउन सकिने छ । मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सहयोग जुटाउन सकिने छ । प्रेमजीवन र दाम्पत्यसुखमा राम्रो छ ।

 

मकर

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । 

 

कुम्भ

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल समय देखिन्छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्नेछन् ।

 

मीन

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) आज तपाईंको राशिमा रहेको चन्द्रमा धनभावमा प्रवेश गर्दैछ, अब निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । नयाँ कामका लागि नयाँ अवसर आउनेछ । दैनिक कामकाजसमेत सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ ।