Logo

भारत र पाकिस्तान बीच युद्ध होला त ?



कास्मीरको पुलवामा भएको आत्मघाती हमलामा ४१ जना सुरक्षाकर्मी मृत्यु भए पछि भारत र पाकिस्तान बीच तनावपूर्ण अवस्था सृजना भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि आम नागरिकले पाकिस्तानसँग बदला लिनु पर्ने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री मोदीले पाकिस्तानसँग बदला लिएरै छाड्ने चेतावनी दिएका छन् । कास्मीर क्षेत्रका सामान्य नागरिक युद्धको त्रासमा छन् ।

घट्नाको लगत्तै पाकिस्तानमा मख्य अड्डा बनाएर भारत बिरोधी गतिविधि गर्दै आएको जैश ए मोहमम्दले घटनाको जिम्मेवारी लिएको छ । भारतमा पाकिस्तान संरक्षित आतंकवादी हमला भएको यो पहिलो घटना होइन । यस अघि पनि सन् १९९३ मा बम्बईमा भएको बम हमला, २००८ को बम्बई बम बिस्फोट, संसद् भवनमा भएको आक्रमण, पठानकोटमा भएको आक्रमण वा पुलवामा भएको पछिल्लो घट्ना निरन्तर श्रृखला भएका छन् ।

भारतले पुलवा आक्रमणको दोस पाकिस्तानलाई लगाए पनि पाकिस्तानले त्यसलाई अस्वीकार गरेको छ । प्रमाण दिए आक्रमणमा संलग्नलाई कारवाही गर्ने पाकिस्तानको प्रतिक्रिया छ । हरेक घटनामा भारतले आरोप लगाउने र पाकिस्तानले त्यसलाई अस्वीकार गर्ने गर्दै आएको छ । पाकिस्तान आक्रमणकारी प्रमाण मागेर पन्छने गर्दछ । भारतले लगाएको आरोप असत्य नभए पनि पाकिस्तानले भारत बिरोधी संगठनलाई कारवाही गर्न नसक्ने अवस्थामा छ ।

पाकिस्तान सरकारले भारत बिरोधी संगठनलाई कारवाही गरे पूर्वप्रधानमन्त्री नवाफ सरिफले जे नियति भोग्दैछन् त्यो प्रधानमन्त्री इमरान खानले पनि भोग्नु पर्ने हुन्छ । त्यही भएर पाकिस्तान सरकार त्यहाँ आतंकवादी संगठनलाई कारवाही गर्न सक्ने अवस्थामा छैन । अनदेखा गर्नु उसको वाध्यता हो ।

मोदी तहलगाउन आक्रमण
प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुनः सत्तामा आउन नदिने उदेश्यले निर्वाचनको ठिक अघि आक्रमण भएको देखिन्छ । विश्लेषक अरुण सवेदीले मोदीलाई वार या हारको अवस्थामा पूर्याउने उद्देश्यले पुलवामा आक्रमण भएको बताउँछन् । युद्ध सुरु गर्दा दुबै तर्फ ठूलो क्षति हुने अवस्था छ । पासिकस्तानमाथि बदला नलिउँ भारतको हार भएको मनोविज्ञान जनतामा जाने अवस्था छ । यसले सन्निकट निर्वाचनमा पाकिस्तानलाई केही गर्न नसक्ने भन्ने आरोप मोदीमाथि लाग्ने अवस्था छ । यसले निर्वाचनमा मोदीको प्रभाव झन घटन सक्ने अवस्था हुन्छ ।

युद्धमा जाँदा निर्वाचनको मोर्चामा मोदी कमजोर हुन सक्छन् । राजनीतिक रुपले मोदीका लागि युद्ध झन ठूलो जोखिम हुन सक्छ । युद्ध गर्दा भारतको अर्थतन्त्रमा हुने क्षति त छँदै छ, त्यसमा जितिन्छ भन्ने पनि छैन । पाकिस्तान भन्दा आफ्नो झन बढी नोक्सान हुन सक्छ । युद्ध बढ्दै गयो भने भारतका अन्य क्षेत्रमा पनि पृथकलावादी आन्दोलन चर्कन सक्छ । र, नियन्त्रण गर्न नसक्ने अवस्था भयो र युद्धका कारण अर्थतन्त्र डाँवाडोल भएर भारतको नक्सा फेरिन सक्ने कतिपय विश्लेषकको तर्क छ ।

युद्ध भएको अवस्थामा पाकिस्तान मर्ता क्या नहिकर्ताको अवस्थामा पुग्छ । उसले भारत भित्रै आक्रमण गर्न आतंकवादी संगठनलाई प्ररित गरे मात्र पुग्छ । अतः भारत र पाकिस्तान विच तत्काल युद्ध नहोला, भए पनि ठूलो नहोला, यदि ठूलो यूद्ध भए त्यसले ठूलै बदलाव ल्यान सक्ने खतरा छ ।

प्रतिक्रिया दिनुहोस्