Logo
  बैशाख ७, २०८१ शुक्रबार

किन भएन विवेकशील र नयाँ शक्ति वैकल्पिक पार्टी ?



वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा गरी रवीन्द्र मिश्रको साझा पार्टी र किशोर थापाले नेतत्व गरेको विवेकशील नेपाली पार्टी बिचको एकता १७ महिना भन्दा बढी टिक्न सकेन । पार्टी एकता पछि बनेको विवेकशील साझा पार्टी औपचारिक रुपमा विभाजित भएको छ । संयोजक किशोर थापाको नेतृत्वमा १६ जना केन्द्रीय सदस्यले विवेकशील नेपाली दल नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए ।

रवीन्द्र मिश्रको समहले किशोर थापा समूहले वैकल्पिक पार्टी निर्माणमा धोका भएको आरोप लगाएको छ । थापा पक्षका नेताले मिश्रले व्यक्तिवादी ढंगबाट पार्टी संचालन गर्न खोज्दा पार्टी अघि बढ्न नसकेको आरोप लगाएका छन् । ३७ जनाको केन्द्रीय समितिमा १६ जना मात्र भए पनि ३ नम्बर प्रदेश सभाका २ सांसद थापाको पक्षमा उभिएका छन् ।

काँगे्रस र कम्युनिष्टले विकल्प दिन सकेनन् भनी थापा र मिश्रले अलग अलग पार्टी स्थापना गरेका थिए । स्थानीय तहको निर्वाचनमा अलग अलग प्रतिस्पर्धा गरेका दुई पार्टी संघीय र प्रदेस सभाको निर्वाचनमा पार्टी एकता गरी निर्वाचनमा जाँदा थोरै भए पनि सफलता मिलेको थियो ।

वैकल्पिक पार्टीको अभ्यास
मिश्र र थापाले नेतृत्व गरेको विवेकशील साझा पार्टी किन टिक्न सकेन ? वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोका व्यक्तिको नेतृत्व किन असफल भयो ? भन्ने गम्भीर प्रश्न उठेको छ । बाहिरबाट मिश्र र थापा लगायतले देखे जस्तो राजनीतिक अभ्यास सजिलो छैन भन्ने घटनाक्रमले देखाएको छ ।
नेपालमा काँग्रेस कम्युनिष्टको विकल्पमा पार्टी संचालन गर्ने प्रयास २०४६ सालको जनआन्दोलन पछि नभएको होइन । त्यस बेला २०३६ सालका चर्चित विद्यार्थी नेता टंक कार्कीको नेतृत्वमा लोक दल गठन भयो । देशभर कार्यकर्ता ् कमिटी थिए । तर, निर्वाचनमा सर्मनाक हार व्यहोर्न पर्यो । त्यस पछि मात्र कार्की झसंग भए र एमालेमा फर्किए ।

डा. बाबुराम भट्टराई नेपालमा क्रािन्तको चरण पू््रा भयो अब अर्थिक क्रन्तिका लागि वैकल्पिक शक्ति निर्माणको अभियानमा लागे । उनको अवस्था पनि मिश्र र थापाको भन्दा गतिलो छैन । दश वर्ष माओवादीको जनयद्धको नेतृत्वकर्ता मध्येका एक, देशभर कार्यकर्ताको पंक्ति, पूर्व प्रधानमन्त्री, पिएजडीधारी डा. भट्टराईले वैचारिक हिसावले नै वैकल्पिक पार्टी निर्माणको प्रयास गरेका हन् । डा. भट्टराई माक्र्सवादकै औचित्य सकियो भन्दै तेस्रोधारको पार्टी खडा गरेका हुन् । डा.भ्ट्टराईले पुँजीवादलाई स्वीकार गरी पार्टीका कार्यक्रम बनाए ।

पुँजीवादलाई स्वीकार गर्दा पनि नयाँ शक्ति नेपालमा वैकल्पिक शक्ति बन्ने छाँट देखिएन । नयाँ शक्तिका अधिकांश माओवादी पृष्ठभूमीका नेता कार्यकर्ता मओवादी पार्टीमा फर्किसकेका छन् । राजनीतिक अभ्यासमा जे जस्तो भए पनि दस्तावेजमा नयाँ शक्तिको भन्दा संघीय समाजवादी फोरमको कार्यक्रम प्रगतिशील छ । फोरमको दस्तावेजमा समाजवाद स्थापना गर्ने कार्यक्रम पाइन्छ ।

वामपन्थी खेमाबाट मात्र होइन, काँग्रेसका खेमाबाट पनि वैकल्पिक पार्टी बनाउने अनेक प्रयास भए । तर, ति सबै प्रयास असफल भए । विभाजनले मूल पार्टी कमजोर भए पनि समाप्त हुने अवस्था देखिएन । डा.भट्टाई माओवादी भित्रको किचलो र पोहोर सफा गर्ने भन्दा त्यसबाट भाग्ने काम गरे । दिल्लीमा समाजिक आन्दोलनबाट उदाएको अरविन्द केजरीवालको आम आदमी पार्टीबाट प्रभावित थिए । दिल्लीमा केजरीवाल जस्तै काठमाडौँमा आफू हाइहाई हुने र केही वर्षमै नेपालमा आफ्नो नेतृत्वमा वैकल्पिक शक्ति निर्माण गर्ने डा. भट्टराईको सपनामा थियो । तर, डा. भट्टराईका यि सबै सपना लगभग तुहिएका छन् । अब कुनै चमत्कार हुने ठाउँ पनि देखिँदैन ।

रवीन्द्र मिश्र रेडियो पत्रकारितामा अब्बल थिए । बिबिसी नेपालली सेवाबाट नेपाली जनमानसमा उनले राम्रो छाप छाडेका थिए । उनी वेलायत बसे, धेरै करा देखे, बुझे, अध्ययन गरे तर नेपाली समाज पढ्न सकेनन् । उनले नेपालको राजनीतिको चरित्र बुझेनन् । रडियोमा गला प्रश्न गर्नमा अब्बल मिश्र समाजका समस्यामा सत्तार सरकालाई प्रश्न गर्नमा असफल भए ।

राजनीति पार्टीको जालो
भारत र पश्चिामा देशमा लोकतन्त्रको लामो अभ्यास भएको छ । नेपालमा अहिले नै क्रान्ति र संघर्षको राप र तापबाट आएका पार्टीको जरो गाउँ गाउँमा बलियोसँग स्थापित छ । काँग्रेस कम्युनिष्ट पार्टीमा जीवनभर दुखःकष्ट गरेका नेता, कार्यकर्ताले तत्कालै पार्टी परिवर्तन गर्ने सम्भवना पनि छैन । र, पार्टी नीति र नेतृत्व भावनाबाट चल्ने कुरा पनि होइन । राजनीतिका नयाँ नयाँ पुस्ता जन्मिएका छन् । तर, नेपालमा संघर्षमा होमिएको पुस्ता नै नेता देखि कार्यकर्तासम्म छन् ।

सानो देश, नेताको सोर्स, फोर्स र भनसुन विना केही हदैन । त्यसमा नेपाली समाज पर्णरुपले पुँजीवादी भएको छैन । नीति, नियम, कानुन र थिति स्थापित नभएको देशमा आम नागरिक सानो पार्टीसँग किन आकर्षित हूने रु गाउँमा जीउ धनको सुरक्षाका लागि पनि मानिस एउटा पार्टीमा आवद्ध हुन्छन् । गाउँमा सानो पार्टीमा लाग्नु भनेको धनसम्पति नभएको गरिव भए जस्तै हो । ठूलो पार्टीमा लाग्दा केही नपाए पनि त्यसको ठाँटवाँठनै भिन्दै हुन्छ । शहरमा बस्ने अधिकांश गाउँले जीवनशैलीबाट प्रभावित छन् । शहरमा नयाँ पुस्ता निर्णायक हुने अवस्थामा छैन । यस्तो अवस्थामा डा. घट्टराई, मिश्र र थापा जीहरुका पार्टी कसरी वैकल्पिक पार्टी हुन्छन् ।

पार्टी नयाँ, विचार पुरानो
नयाँ शक्ति देखि विवेकशील पार्टीका विचार नयाँ हो भनेर जतिनै प्रचार गरे पनि ति पुँजीवादी विचार नै हुन् । दासर्शनिक हिसावले गैरकम्युनिष्ट वाहेक अधिकांश पुँजीवादी पार्टी नै हुन् । कम्युष्टि नाम नराखि माक्र्सवाद स्वीकार गर्ने पार्टी पनि छन् । तर, नेपालमा त्यस्ता पार्टी छैनन् । नेपालमा कम्युष्टि वा गैर कम्यसनिष्ट पार्टी छन् । गैरकम्युनिष्ट पार्टी दार्शिनिक हिसावले पुँजीवादी पार्टी हुन् ।

माओवादी र एमालेको एकताबाट बनेको नेकपा दार्शनिक हिसवले माक्र्सवादी भए पनि चरित्र र व्यवहारमा पुँजीवादी पार्टी नै हो । तै पनि जनता ् कार्यकर्तामा कम्युनिष्ट पार्टी अरु भन्दा भिन्न हो भन्ने भ्रम र भ्रान्त छ । कम्युनिष्ट विचारका लागि नेकपा जस्तो ठूलो पार्टी छँदैछ । पुँजीवादी वा गैरकम्युनिष्ट विचार बोक्नेहरुका लागि काँग्रेस जस्तो इतिहास भएको ठूलो पार्टी हुँदा हुँदै साना फुच्चे पार्टीमा किन लाग्ने भन्ने मनोविज्ञान छ ।

काँग्रेस र कम्युनिष्टमा ठूलै बिग्रह आएको अवस्थामा राजनीतिक संघर्ष र आन्दोलनमा सहभागि नभएको नयाँ पुस्ता समाजको निर्णायक बन्ने अवस्थामा ठूला पार्टी विग्रिएर सोत्तर भए भने वैकल्पिक शक्तिको खोजी हुन स्क्छ । अहिलेसम्म आम मतदाताले त्यसको खोजी गरेको देखिँदैन । अर्कातर्फ वैकल्पिक हुन्छु भन्नेले राम्रो विकल्प पनि दिन सक्नु पर्दछ । व्यवहारमा पुराना भन्दा कुनै भिन्न नहुने । ठूला पार्टीमा ठाउँ र अवसर नपाएका नेता र कार्यकर्ता भेला पारेर पार्टी गठन गर्दैमा नयाँ विकल्पिक शक्ति निर्माण हुन सक्तैन ।

नयाँ पार्टी गठन गर्दैमा नयाँ विचार निर्माण हुन सक्दैन । विचार संघर्षबाट खारिएर निस्कने गर्दछ । विना संघर्ष सहतमा विचार निर्माण गर्ने कुरानै सैद्धान्तिक रुपले त्रुटीपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्