Logo
  चैत्र १६, २०८० शुक्रबार

जोशीलाई नेकपाको सन्देशः एक सातामा राजीनामा नदिए महाअभियोग !



प्रधान न्यायाधीस भए लगत्तै चोलेन्द्र समशेर जबराले अर्का वरिष्ठ तर विवादस्पद न्यायाधीस दीपक जोशीलाई अधिकार र भूमिका बिहिन बनाएका छन् । प्रधान न्यायाधीस भएपछि जबराले बिहिवार न्याय परिषदको बैठकबाट जोशीको सबै अधिकार खोसी भूमिका बिहिन बनाएका हुन् ।
प्रधान न्यायाधीस जबराले संवैधानिक इजलास पुनरगठन गरेका छन् । जोशीलाई संवैधानिक इजलासबाट हटाउँदै न्यायधीस दीपककुमार कार्कीलाई ल्याएका छन् । कार्कीले जोशीले पाएको एक नम्बर इजलास पाएका छन् । एक नम्बर इजलास पाउनुको अर्थ दोस्रो बरियतामा अब कार्की भएका छन् । जोशीको कुनै इजलास नै तोकिएको छैन ।

जोशी, एक प्रकारले हाँजिर गर्ने जागिरे अधिकारमा सीमित भएका छन् । तर, प्रधान न्यायाधीसले उनलाई राजीनामा दिएर न्यायालयलाई बन्दक बन्नबाट मुक्त गर्न पत्रकार सम्मेलनबाटै सुझाव दिए ।

जोशीले प्रधान न्यायाधीसको निर्देशन अनुसार राजीनामा नदिएर शुक्रवारदेखि पाँच दिने बिदामा बसे । उनले इजलास खोसिए पनि राजीनामा नदिने मुड बनाए पछि शुक्रवार नेकपाको सन्देश पठाएको हो । नेकपाका सांसद्समेत रहेका एक नेताले एक सातामा जोशीले राजीनामा नदिए संसदमा महाअभियोग दर्ता गर्ने तयारी भएको बताए ।

न्यायाधीस जोशीले गरेका फैसला र विवादस्पद भूमिकाले गर्दा संसदीय सुनुवाईबाट उनी प्रधान न्यायाधीसका लागि अस्वीकृत भएका थिए । जोशी एस.एल.सी. प्रमाणपत्र, उमेर, उनले गरेका फैसला लगायतका विवादमा तानिए पछि संसदीय समितिबाट अस्वीकृत भएका हुन् ।

संसदीय समितिले ओमप्रकास मिश्रलाई प्रधान न्यायाधीसमा सिफरिस गरे पनि जोशीले सर्वोच्च छाडेनन् । मिश्र पछि पालो पर्खिएका जोशीको जबरा पछिपनि पालो आउने छाँट छैन । जोशीले पालो पर्खिने नाममा जत्तिनै अर्घेलो गरे पनि अब प्रधान न्यायाधीस हुने अवस्था छैन । उनले राजीनामा नदिए महाअभियोगको सामना गर्नु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्