Logo
  बैशाख ७, २०८१ शुक्रबार

मैले कसैलाई प्रतिस्पर्धी ठानेको छैन : बुढाथोकी



राजनीतिक यात्रा

  • मेरो राजनीति यात्रा २०३५ साल चैत्रबाट धुलावारी माविमा अध्ययन गर्दै गर्दा अनेरास्वावियुको संगठनमार्फत प्रवेश गरेको हँु । ०३६ सालमा एसलसी पास गरेपछि मेची क्यापम्समा अध्ययन शुरु गरे । त्यतिखेर विद्यार्थी आन्दोलन तत्कालिन पञ्चायती व्यवस्था विरुदमा उत्रिएको थियो । तिनै आन्दोलन मार्फत मेची क्यापम्पस अनेरास्ववियु को प्रारम्भक कमिटीमा प्रवेश गरे । तेसपछि निरन्तर राजनीतिमा सक्रिय छु । अध्ययन पछि म यातायात क्षेत्रमा सक्रिय भएँ । काम पनि गर्न थालेँ । सँगसँगै मजदुरहरुको हितका लागि संगठन निर्माण गर्दै अगाडि बढेँ ।

आर्थिक स्थिति

  • हामी एक बाउका चारभाई छोरा । तीन विगा जमिन छ । त्सका अतिरिक्त म आफैले आर्जन गरेको धुलावारीमा एकतले घर छ । त्यो भन्दा बाहेक मसँग केही छैन ।

अन्तरवार्ता

तपाईका एजेण्डा के के छन् ?

  • मेरो एजेण्डा भनेको नेकपा एमाले त्यमाथि बाम गठबन्धनले अघि सारेका एजेण्डा नै हुन् । खासगरी नेपालदमा राजनीतिक परिवर्तन भयो । जनताका निमित्त राहत दिने, जनताका समस्या समाधान गर्ने र जनताको सरकार आएको छैन । जनताको तहसम्म हामीले अधिकार पुर्याएको छैन । नयाँ संविधानले अवधारणा गरेको संरचना अनुसार बाम गठबन्धनले अब सरकार बनाउँछ । त्यसपछि मजदुरका समस्या समाधान हुनेछन् । किसानका समस्या समाधान हुनेछन् । कृषिमा व्यावसायिक प्रवर्धन हुनेछ । हाम्रो भूमि नेपाल सुहाउदो हुनु पर्छ । हामी कृषि उत्पादनलाई जोडदिने सन्दर्भमा विदेशीको नक्कल गरिरहेका छौ । विदेशी मोडल लिन सकिन्छ । हाम्रो भुगोलसँग सम्बन्धीत, जीवनसँग सुहाउदो हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । मजदुरहरुको समस्या त्यस्तै छन् । राष्ट्रिय पर्वको रुपमा मनाइरहेको मतदान गर्ने दिनपनि मजदुरहरुले विदा नपाउने परिस्थस्ती छ । मतदान गर्न जानेदिन पनि हाजीरा नपाउने अवस्था छ । मजदुरको मालिकले भोट हाल्न जान पाउने, श्रमिकले जान नपाउने समस्या छ । क्षेत्र नम्बर १ का हरेक मतदाताको समस्यासँग म जुधेको छु । सुकुम्बासी समस्या यहाँको प्रमुख समस्या हो । भुमिको अवस्था एकै प्रकृतिको छैन् । यस्ता समस्या समाधान गर्न म प्रतिबद्ध छ’ । अब क्षेत्र नम्बर १ मा कोहिपनि सुकुम्बासी हुनुपर्ने छैन् । मैले यो समाधानका लागि एउठा खाका तयार पारेको छु । प्रदेश सभामा निर्वाचित भइसकेपछि नियम, कानुनको परिधि भित्र रहेर समाधानको बाटो खाज्न प्रयत्नशिल रहेने छु । सुकुम्बासीका नममा राजनीति गरिने परम्परालाई अब हामी तोड्ने र्छौ ।

मतदाताले तपाइैलाईनै किन भोट दिने ?

  • पहिलो कुरो मतदाताले मलाई नेकपा एमालेको निती तथा सिदान्तको आधारमा मत दिने हो , म नेकपा एमालेको कार्यकता हु । बामगठबन्धनपछि जनतामा उत्साह थपिएको छ । म बाम गठबन्धनको उम्मेद्वार हु । म राजनीतिमा लागेपछि नै जनपक्षिय काम गर्दै आएको छु । जनमैत्रि भुमिकामा आफुलाई प्रस्तुत गरेको छु । तर, राज्य जनमैत्रि छैन् । राज्य मजदुर मैत्रि पनि छैन् । राज्यले न्याया दिन सकेको छैन् । अझैपनि राज्यका निकायहरु सुकिला मुकिलाहरुका लागि मात्र भएको छ । गरिबको पक्षमा राज्य छैन् । म जनताको पक्षमा उभिएको छु । हरेक जनताका समस्यामा म साथसाथै छु र प्रदेश सभामा निर्वाचित भएपछि जनताको पक्षमा कडारुपमा उभिने छु ।

जित्ने आधार के छ ?

  • पहिलो कुरा त नेकपा एमालेको नीति, सिदान्त र विचारको आधारमा, दोस्रो कुरा म बाम गठबन्धनको उम्मेद्वार हु । राजनीतिमा लागेदेखि निरन्तर जनताकोविचमा निश्पक्ष ढंगले काम गरिरहेको छु । अदालतबाट न्याय नपाएका हरुलाई न्याय दिलाएको छु । अदालतपनि जनमैत्री छैन् । अदालतमा निमुखाहरुको सुनुवाई हुदैन । विकासको सबालमा म जनताकै पक्षमा काम गरिरहेको छु । मेले जनताको काम गर्दा कसैको पनि एक पैसापनि खाएको छुइन । मैले बरु जनतालाई सहयोग गरेको छु । जनतासँग मेरो घनिभृत सम्बन्ध छ । त्यसकारण जनताले मलाई माया गर्छन् भन्ने विश्वास लिएको छु ।

चुनाव जितेपछि विकासका योजना के छन् ?

  • विकासका योजना त धेरै छन् । चनाव जिती सकेपछि विकासका योजनाहरुलाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउने छौँ । प्रदेश सभाले के काम गर्छ, त्यसको अधिकार के हो ? अहिलेसम्म थाहा छैन । मैले जानकारी पाएसम्म प्रदेश सभाले नीति निर्माण गर्छ । नीति निर्माण नै मुख्य कुरा हो । नीति गलत बन्यो भने नतिजा पनि गलत परिणाम निस्कन्छ । त्यसैले जनतालाई न्याय दिने खालको जनमैत्री नीति आवश्यक छ । यो क्षेत्रमा थुपै्र समस्याहरु छन् । मूल बाटाहरु सबै बिग्रेका छन् । इटाभट्टाबाट उत्तर दक्षिण, त्यस्तै धुलावारीबाट पहाड जोड्ने बाटो अभावमा हामी पछाडि परेका छौँ । भद्रपुरबाट तिरिङ जोड्ने बाटो निमार्ण गर्ने गरी हामीले योजनामा पारेका छौँ । काँकरभिट्टा मेची करिडोर निर्माण गर्ने गरिको योजना अघि सारेका छौँ । काँग्रेसको सरकारले यो योजनाको बजेट कटौती गरेको सुनिएको छ । त्यो बजेट के कारण कटौती भयो खोजी गर्ने छौँ । क्षेत्रको विकासका निम्ति केन्द्र र प्रदेशसँग समन्वय गरेर अघि बढ्ने छौँ । सरकारले ल्याउने बजेट लक्षित समुदायसम्म पुग्न सकेको छैन । त्यसलाई पुर्याउन विधि बनाउने छौँ ।

तपाईँ कसलाई प्रतिस्पर्धी ठान्नुहुन्छ ?

  • मैले प्रतिस्पर्धी त कसैलाई ठानेको छैन । विचारको प्रतिस्पर्धा छ । हामी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु समाजबादको स्थापना गर्दै मुलुकलाई सम्बृद्ध नेपाल बनाउन चाहन्छौँ । सम्बृद्धि हाम्रो लक्ष्य हो । सम्बृद्धि प्रात्ति गर्न भूमि र परिवेश सुहाउँदो हुनुपर्छ । त्यसैले हामी यसका निमित्त लाग्ने छौँ ।

चुनाव पछि पार्टी एकीकरण हुन्छ भन्ने विश्वास कसरी दिलाउनु हुन्छ ?

  • नेताहरुको एकीकरण गर्ने भूमिका आशलाग्दो नै छ । मैले केपी कमरेडलाई पनि सोधेको छु । प्रचण्डलाई सोध्नुहुने साथीहरुले पनि त्यही भन्नु भाको छ । मुलुकका निम्ति चिन्तित भएर राजनीतिक गरेका हुन् भने पार्टी एकीकरण हुन्छ । सम्बृद्ध मुलुकको परिकल्पना गरेर नेताहरु जुन हिसाबले अघि बढ्नु भएको छ । यसमा कुनै द्विधा र शंका छैन । पार्टी एकीकरण भइसकेको अवस्था छ । त्यसैले एकता हुन्छ भन्नेमा म विश्वस्त छु ।

कम्युनिस्ट सरकार आए मुलुकमा अधिनायकवाद हावी हुन्छ भन्ने विपक्षीको आरोप छ नि ?

  • अधिनायकवाद केलाई भन्छन् मलाई थाहा छैन । काँग्रेसको ब्याख्या के हो त्यो थाहा छैन । नेपालाई सम्बृद्ध बनाउने कुरा अधिनायकवाद हो भने काँग्रेसलाई प्रश्न सोध्नु पर्ने हुन्छ । लोकतान्त्रिक संविधान हामीले बनाएको हौँ । खासगरी बहुमत कम्युनिस्ट पार्टीका सदस्यहरुले हस्ताक्षर गरेर यो दीघो लोकतान्त्रिक संविधान बनाएका छौँ । आफैले बनाएको संविधान विपरीत हाम्रो पार्टी जादैन । हामी आफैले जन्माएको उत्तराधिकारी छोरालाई मार्दैनौँ । त्यसैले तिनीहरु(काँग्रेस) को जस्तो अधिनायकवाद हाम्रो पार्टीमा छैन । हामीसँग उन्तत किसिमको जनवाद छ ।

तपाईले चुनावी अंकगणितीयलाइ कसरी हेर्नु भएको छ ?

  • म ज्योतिष होइन । तर पनि म भोट जित्छु भन्ने आधार चाहिँ हाम्रो टोल टोलमा रहेका कमरेड साथीहरुको रिपोटिङ तथा जनताले जुन किसिमको हामीप्रति उत्साह देखाउनु भएको छ यो जितको आधार पनि हो । म चियादोकानमा गरेको मतको हिसाब गर्दिन । मत टोलमा छ । त्यो मत मेरौ हो । किनकी नेकपा एमाले मत नै टोलमा छ । यो टोलका जनताले बनाएको पार्टी हो ।

अन्त्यमा

  • आदरणीय सम्पूर्ण दाजुभाई दीदीबहिनीहरु मजदुर, किसान, युवा लगायत आम मतदातालाई के भन्न चाहन्छु भने हामी यो मुलुकको सम्बृद्,ि उन्नति र प्रगतिका निमित्त शोषित पीडित जनताको हितका निमित्त उनीहरुले राज्यबाट आधारभूत सेवासुविधा पाउनु पर्छ भनेर हामी जनताको बीचमा छौँ । जनताकोसँग एकाकर भएर लड्यो । आन्दोलनमा समाहित भयौँ । राज्य सञ्चालन गर्ने ठाउँमा पनि पुग्योँ । तर बहुमत नआएका कारण हामीले भनेको जस्तो नीति निर्माण बनाउन सकेका छैनौँ । त्यसैले यसपालि जनताले बाम गठबन्धनलाई बहुमत दिनुपर्छ । हामीलाई यो मुलुक बनाउन सकिन्छ भन्ने लागेको छ । यो चुनाव मुलुकलाई कस्तो बनाउने भन्ने हो । यो लोकमत पनि त्यस्ैले मुलुकको भविष्यका लागि जनताले निर्णय गर्ने हो । हामी जनतालाइृ के आग्रह गनै चाहन्छौँ भने काँग्रेस प्रयोगमा आइसकेको वस्तु हो । बहुमत प्राप्त गर्दा पनि जनताको काम गर्न सकेको छैन । यसपटक बामपन्थी पार्टीलाई बहुमतले विजय गराऔँ । यदि हामीले सकेनौँ भने जनताले भोलि सहयोग गर्ने छैन । त्यसैले हामीलाई यो पटक मतदान गरिदिनुहोस् भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्