Logo

शालिकराम मृत्यु प्रकरण: अस्मितामाथि विभेद किन ?



पत्रकार सालिकग्राम पुडासैनीको मृत्यु प्रकरणले नेपाल तातेको छ । जताततै शालिकरामको मृत्यु प्रकरण र आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका रवि लामिछानेको चर्चा छ ।

पत्रकार रवि लामिछानेको न्युज २४ मा चलाएको कार्यक्रमको जनतामा गहिरो प्रभाव देखिएको छ । उनका पक्षमा देशभर जनसमर्थन देखिएको छ । उनी सेलिब्रेटीका रुपमा स्थापित भएका छन् । प्रहरी अनुसन्धानमा पक्राउ परेका लामिछाने र युवराज कँडेल धरौटीमा र अस्मिता कार्की साधारण तारिखमा रिहा भएका छन् ।

रिहा भएका रवि र युवराज फुलमाला र अबिरले भव्य स्वागत र सम्मानित भए । देशभर सत्यको जित भएको भन्दै खुसियाली मनाइयो । विजय जुलुश निस्कियो । त्यही आरोप खेपेर रवि र युवराजसँँगै १२ दिन हिरासतमा बसेकी अस्मितालाई भने न कुनै सम्मान गरियो, न कुनै खुसियाली नै । रवि हिरासतबाट सम्मान पूर्वक बाहिर निस्रिहँदा अस्मिता भने आफ्नो अस्मिातामाथी चाहि ठूलो दाग बोकेर निस्किएकी छन् ।

सम्पूर्ण जनताको ध्यान रविमा गाडिएको छ । रविका सहकर्मी युवराज तिरपनि अलि अलि जनताको नजर परेको छ । तर, अस्मितालाई भने कमैले नियालेका छन् । यसले अस्मिताको जीवन, चरित्र र मानसिकतामा गहिरो असर परेको हुनु पर्छ । अस्मिताको चरित्र हत्या भएको सजिलै महसुस गर्न सकिन्छ । उनी यो प्रकरणमा दोसी या निर्दोष छिन् यसको छिनो फानो गर्ने जिम्मा अदालतको हो । उनी अहिलेसम्म दोसि छिन् भन्ने पुष्टि भएको छैन । तर, आम जनताले गरेको व्यवहार र विभेदले उनका लागि बाँकी जीवन सजाय सावित हुन सक्छ । उनको परिवारले पनि यसको सजाय भोगिरहेको छ ।

के अस्मिता साधारण परिवारको भएर र पहुँच नभएकै कारण यस्तो विभेद भएको हो ? कि उनी महिला भएकाले चरित्र माथि प्रश्न उठेको हो ? अनेक प्रश्न उब्जिएका छन् । रविले जनताका लागि केही गरेका थिए भनेर जनताको साथ पाए । कतिले त रविले लगाएको गुन तिर्न भनेर साथ दिएको बताए । युवराज रविका सहकर्मी भएकोले साथ पाएका हुन ? अस्मिता र रविको चीनजान नभएकोले उनले जनताबाट यत्रो विभेद खेप्नु परेको हो ? सहकर्मी भएकैले रविले युवराजलाई साथ दिएका हुन ? एउटै मुद्दा खेपिरहेका तिनै जना एकजुट हुनुपर्ने होइन ? अनि रवि त झन असाहयलाई साथदिने भगवान मानिन्छ्न्, उनले अस्मितालाई चाहिँ किन साथ दिइरहेका छैनन ? यदि अस्मिता गलत छिन् भने पनि रविले नै कानुन सामु ल्याउन सक्छ्न् । अपराधिक कार्यमा संलग्नलाई कानुनको दायरामा ल्याउन सक्रिय रवि महिला र पुरुष नछुट्याउने मान्छे अहिले युवराजलाई मात्र किन च्याएपेका हुन् ? अस्मिता माथि किन विभेद ?

हिरासतबाट बाहिर निस्किए पछी रविको मिडिया सामुको प्रस्तुती र अस्मिताको प्रस्तुतीले नै प्रस्ट हुन्छ नि अस्मितालाइ रविको साथको जरुरी कति छ भनेर ? धेरै महिलाको चरित्रमा दाग लाग्न नदिने रवि आज अस्मिताको चरित्रमा आफ्नै सामु दाग लाग्दा किन टुलुटुलु हेरेर बसिरहन्छ्न ? नेपाल बाहिर रहेका नेपालीलाई त विदेशी भूमिमै गएर साथ दिने रवि नेपालमै रहेकी एउटी चेली जो एउटै आरोप खेपिरहेकी छिन् । के अबका दिनमा उनलाई साथ देलान त रविले ?

अदालतले त उनलाइ सामान्य तारिखमा छोडीसकेको छ । यदि उनी निर्दोष सावित भइन् भने पनि यो समाजले उनलाइ निर्दोष मान्ने छैन । किनकी, एक पटक चरित्रमा दाग लागिसकेको छ । भनिन्छ, छोरी मान्छे र सेतो कपडा उस्तै हुन् । एक पटक दाग लागे पछि हत्त पत्त जादैन रे । उनलाई अबका बाँकी जीवन जिउनको लागि त्यति सहज छैन । किनकि टिभी, रेडियो, सामाजिक सञ्जाल, पसल, चोक, गल्ली गल्लीमा चर्चा भएको र उनी चिनिएकी छन् । पत्रकार पुडासैनीसँगको सम्बन्धमा कति हद पार गरेकी थिइन् थाहा छैन । तर, लागिसकेको वा लगाइएको यो दागले गर्दा अब अस्मिातालाई समाजले सफा नजरले हेर्ने छैन । अस्मिताले जीवनभर मानसिक पीडा र तनाव भोग्नु पर्ने हुन सक्छ । यसको जिम्मेवारी कस्ले लिने ? गम्भिर प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्