Logo

शाहरुखकी छोरी सुहाना फिल्ममा डेब्यु गर्दै



एजेन्सी, २९ साउन । शाहरुख खान र गौरी खानकी छोरी सुहाना खान बलिउडमा डेब्यु गर्नको लागि निकै मिहेनत गरिरहेकी छिन् । सुहाना बलिउडकी एक पपुलर स्टारकिड हुन् । उनले बलिउडमा डेब्यु गर्ने चर्चा लामो समय देखि चलिरहेको छ ।

सुहाना आफ्नो पिताको बाटो पछ्याउदै अभिनय क्षेत्रमा आउन चाहन्छिन् । सुहाना हाल बलिउड डेब्युको लागि अभ्यास कक्षा लिइरहेकी छिन् । सुहानाले मन्नत बंगलामा शाहरुखको फिल्म हेर्न थालेकी छिन् ।

सुहाना शाहरुखको डेब्यु फिल्म देखि लिएर हाल सम्मको सबै फिल्म हेरिरहेकी छिन् । साथै उनी आफ्नो पिताको कामलाई पनि निकै ध्यान दिइरहेकी छिन् ।

सुहाना केहि समय पहिला आगामी सर्ट फिल्मको कारण चर्चामा थिइन् । यो फिल्मको नाम ‘द ग्रे पार्ट अफ ब्लू’ हो । यसको एक पोस्टर पछिल्लो हप्ता सार्वजनिक गरिएको थियो । सुहाना पोस्टरमा ब्ल्याक र ब्लू डे्रसमा देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्