Logo

घुससहित विद्युत प्राधिकरणका २ कर्मचारी पक्राउ



काठमाडौँ, २९ साउन । नेपाल विद्युत प्राधिकरणको नवलपरासी पश्चिम (त्रिवेणी) उप–वितरण केन्द्रका २ जना कर्मचारी ४६ हजार ५ सय ५५ रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

त्रिवेणी उप–वितरण केन्द्रको चौथो तह (खरिदारसरह) कार्यरत मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत नारायण कुर्मी घुस रकमसहित पक्राउ परेका हुन् ।

बिजुलीको थ्रीफेथ लाइन जडान गर्ने भनेर सेवाग्राहीसँग लिएको घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

दुवै जनालाई विद्युत प्राधिकरणको त्रिवेणी उप–वितरण केन्द्र कार्यालय परिसरबाटै घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्