Logo

बलात्कार गरी फरार अभियुक्त पक्राउ



सुनसरी, २९ साउन । प्रहरीले १४ वर्षिया बालिका बलात्कार गरी फरार सुनसरी गढी गाउँपालिका १ मधेली बस्ने २६ वर्षीय कलाम भन्ने कलामदिन मियाँलाई मंगलबार राती पक्राउ गरेको छ ।

मियाँले गएको बैशाख ३ गते स्थानीय १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । दुहबी नगरपालिका ९ सप्तरियाटोल जंगलमा लगि बलात्कार गरी फरार रहेका मियाँलाई ईप्रका दुहबीको प्रहरीले वडा नम्बर १ को प्रास्टोकीबाट पक्राउ गरेको हो ।

मियाँ विरुद्ध सुनसरी जिल्ला अदालतमा जवरजस्ती करणी मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्