Logo

प्रहरीको गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु



काठमाडौँ, २९ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीले ठक्कर दिँदा कोटेश्वरमा एक पैदल यात्रुको मृत्यु भएको छ । महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले ठक्कर दिँदा नाम परिचय नखुलेका एकजना पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

महाशाखाबाट गएराति ड्युटीमा गएका ट्राफिक प्रहरी चढेको गाडीले ती व्यक्तिलाई कोटेश्वर बालकुमारी नजिकै आकाशे पुलमुनि ठक्कर दिएको थियो ।

प्रहरीले उनलाई उपचारका लागि ट्रमा सेन्टर ल्याएको थियो । चिकित्सकहरुले बुधबार बिहान ९ बजे उनलाई मृत घोषणा गरेका हुन् । मृतकको पहिचान खुल्न सकेको छैन । घटनास्थल वरपर बोराहरु देखिएकाले त्यहीँ बस्ने व्यक्ति हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्