Logo

परीक्षा हलबाटै निकालिए नौ परीक्षार्थी



सिरहा, २९ साउन । सिरहाको गोलबजार नगरपालिका ६ स्थित रहेको रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा मंगलवार भएको परीक्षामा क्याम्पस प्रमुख किशोर साहका कारणले सैयौ विद्यार्थीको परीक्षा बिग्रेको छ ।

क्याम्पसमा सिरहा जिल्लाको जे. ए.मुरारका क्याम्पस लहान, सल्हेश क्याम्पस लहान,  ब्रह्मचाॠ दामोदर कलेज मिचैया र सुखीपुर क्याम्पस लगायत क्याम्पसहरुको परीक्षा केन्द्र रहेको क्याम्पसमा बसीएड, बीबीएस, बएससीको दोस्रो वर्षको मंगलवार अन्तिम परीक्षा रहेको थिए ।

विद्यार्थीलाई परीक्षा हलभित्रै परीक्षा सुरु भएको केही समयपछि परीक्षामा पक्षपात गर्दै अनियमितता गरेका विद्यार्थीलाई परीक्षा हलबाट निका लिएकाे थियाे । मीनुकुमारी यादव , किरणकुमारी चौधरी लगायत ९ जना विद्यार्थीलाई परीक्षा हलबाट निकालिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्