Logo

लप्पन छप्पन गर्दै चार स्टार युरोपमा



काठमाडौँ, २९ साउन । ‘लप्पन छप्पन २’को युरोपका विभिन्न शहरमा छायांकन भैरहेको छ । नेपालको छोटो छायाँकनपछि युनिट युरोप उडेको हो । दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र अनुप विक्रम शाहीलाई निर्देशक मुकुन्द भट्टले एक्सन कट गर्दैछन् ।

फिल्म लप्पन छप्पन २ को सेटबाट कलाकारहरुको विभिन्न रुप सार्वजनिक भैरहेका छन् । जहाँ सौगात, दया, अर्पण र अनुपलाई आ आफ्नै स्टाइलमा देख्न सकिन्छ ।

मेल मल्टीस्टारर फिल्ममा नायिकाको रुपमा नम्रता श्रेष्ठ र सुरविना कार्कीले अभिनय गर्दैछन् । फिल्मका सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान हुन् । फिल्मको छायाँकन अष्ट्रेलियामा पनि हुने बताइन्छ ।

फिल्म ‘लप्पन छप्पन २’ एक्सन जनरामा बन्दै गरेको फिल्म हो । फिल्मको प्रदर्शन मिति फागुणको ९ गतेलाई तोकिएको छ । निर्देशक भट्टकै निर्देशनमा लप्पन छप्पन फिल्म बनेको थियो । उक्त फिल्ममा सौगात र दयाको मुख्य भूमिका थियो ।

प्रतिक्रिया दिनुहोस्