Logo

झापामा बेवारिसे भारतीय गाडी नियन्त्रणमा



झापा, २८ साउन । प्रहरीले झापा मेचीनगर २ गाडागल्लीको मिनी माउन्टेन टोलमा टाटा कम्पनीको ईन्डियन नम्बर प्लेटको MH.14.DN.4704 गाडी नियन्त्रणमा लिएको छ । वेवारिसे अवस्थामा गाडी सोमबार फेला परेको हो ।

प्रहरीले गाडी भित्र मोटर पार्टसको सामानसमेत फेला परेको छ । गाडीको चालक बेपत्ता भएको र गाडी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्