Logo

बिर्तामोडको निर्माणाधिन होटलमा गार्ड मृत फेला



झापा, २८ साउन । बिर्तामोडको हर्कलाल मार्गमा निर्माणाधिन द्वारिका होटलमा आज विहान शशि शिवाकोटी मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवाकोटीको शरिर र अनुहारमा चोटपटक र निलडाम देखिएको अवस्थामा विहान ७ बजे मृत फेला परेका थिए ।

निर्माणाधिन होटलको कम्पाण्ड भित्र पूर्व तर्फ रहेको घरको बरण्डामा शिवाकोटीको शव फेला परेको थियो । शरिरभरी चोटैचोट रहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । गाला, आँखा, चिउँडो, घाँटी, छाती, हात र खुट्टमा निलडाम र चोट देखिएको प्रहरीले जानकारी दिएको छ ।

बिर्तामोड ७ का शिवाकोटी होटलमा ३ दिनदेखि गार्डको रुपमा कार्यरत थिए । शवको पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्