Logo

विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति बनाऔं: सांसद नवीना



काठमाडौँ, २८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नवीना लामाले विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुपति र पदाधिकारी नियुक्त गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद लामाले राजनीतिक भागवण्डाका आधारमा उपकुलपति र पदाधिकारी बनाउन नहुने भन्दै यस्तो माग गरेकी हुन् ।

विश्वविद्यालयमा डरलाग्दो रुपमा विकृति मौलाएको भन्दै उनले विश्वद्यिालयको प्रतिष्ठा जोगाउनसक्ने व्यक्तिलाई उपकुलपति र पदाधिकारी बनाउन माग गरिन् । “परीक्षाको विषयमा होस् वा सम्बन्धनको विषयमा होस् अथवा कर्मचारी नियुक्तिको विषयमा नै किन नहोस्, विश्वविद्यालयमा अराजकता मैलाएको छ ।”

सांसद लामाले भनिन्, “राजनीतिक भागवण्डाका आधारमा होइन, खुल्ला प्रतिस्पर्धाका आधारमा विश्वविद्यालयका पदाधिकारी चयन होस् ।” उनले विश्वविद्यालयको गरिमा उँचो राख्न सक्ने व्यक्तिलाई उपकुलपति र पदाधिकारी बनाउनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्