Logo

सुनको मूल्य फेरि बढ्यो, तोलाको ७१ हजार



काठमाडौँ, २८ साउन । नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो ।

मंगलबार तेजावी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १५०७ अमेरिकी डलर पुगेर यहाँ भाउ ७१ हजार रुपैयाँ भएको हो। चाँडपर्वसँगै सुन महँगिए पछि  किनबेच भने ओरालो लागेको छ ।

तीजको सिजन सुरु भइसक्दा र दसैं नजिकिँदा समेत राजधानीका सुन पसलमा ग्राहकको चहलपहल हुन नसकेको व्यापारी बताउँछन् । मूल्य बढ्दै गएपछि किनबेच झन्डै ८० प्रतिशतले घटेको व्यापारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्