Logo

प्रमोदको ‘म हारेको छैन’ बजारमा



झापा, २८ साउन । गायक प्रमोद खरेलको ‘म हारेको छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सनम कठायत र सुशीला थापालाई फिर्चड गरिएको छ ।

आमोश तामाङको शब्दर संगीत रहेको उक्त गीतलाई अन्जन शर्माले भिडियो निर्देशन गरेका हुन् । गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

चितवनमा छायांकन गरिएको उक्त भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन । एभरेष्ट ग्यालरीले निर्माण र बजार व्यवस्थापन गरेको उक्त भिडियोमा एक वास्तविक प्रेम बियोगको कथालाई आत्यन्तै मर्मस्पर्शी तरिकाले चित्रण गरिएको छ । हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्