Logo
  बैशाख ७, २०८१ शुक्रबार

तराई-पहाडको स्वागत द्वारः बर्ने-सुनमाई



झापा, २८ साउन । मेचीको पहाड र तराईलाई जोड्ने स्वागत द्वार बनेको छ, झापाको बर्ने-सुनमाई । पूर्व पश्चिम राजमार्गको चारआलीबाट लगभग ११ देखि १३ किलोमिटर भित्रको बर्ने- सुनमाई झापा र इलामको संगम स्थल हो ।

बर्ने-सुनमाई न तराई न पहाडको रुपमा छ । बुधबारेको हँडिया खोला तर्ने बित्तिकै उकालो लागिन्छ । बर्ने-सुनमाईको लगभाग ४ किलोमिटर पार गरेपछि मात्र इलामको सीमास्थल जोर कलस आउँछ । त्यस पछि भने पहाडको उकालो भाग आउँछ ।

झापाबाट पहाड जाने वा पहाडबाट तराई झर्नेका लागि यो स्वागद्वार हो । पहिलो पटक तराई झर्नेले सुन्दर ओरालो सडक र जमिनको दृष्यावलोकन गर्नेछन् । पातला घर र चिया बगानको दृष्य लोभलाग्दो छ । पहाड चढ्नेहरुका लागि यो दृष्यले त्यत्तिकै मोहित पार्दछ । अझ पहिलो पटक पहाडको यात्रा गर्नेहरुका लागि बर्ने-सुनमाईको दुष्य मनमोहक नहुने कुरै हुँदैन ।

तराईमा गर्मी भएका बेला बर्ने-सुनमाईमा चिसो महशुस गर्न सकिन्छ । अलिकति उकालो लाग्दा हुस्सु र बादलको अनुभव हुन्छ । जाडोको समयमा तराईमा कुईरोले छोपेका बेला बर्ने-सुनमाईमा पारिलो घाम लागेको हुन्छ । पहाडमा धेरै चिसो भएका बेला बर्ने-सुनमाईमा न्यायानोपनको अनुभन गर्न सकिन्छ ।

बर्ने-सुनमाई सुन्दर र आकर्षक भएर पनि आगन्तुकको बिश्राम स्गल बन्न सकेको छैन । बर्ने-सुनमाईको राम्रो प्रचार नहुँदा यात्रु र पर्यटक सोझै उकालो लाग्ने वा झापा भर्ने गर्दछन् । यात्रु र पर्यटकका लागि लोभलाग्दो बातावरण भएपनि त्यहाँ बिश्राम गर्न नसक्दा बर्ने-सुनमाई क्षेत्रमा पर्यटनका लागि खुलेका होटल पनि राम्ररी संचालन हुन सकेका छैनन् ।

सरकारले सन् २०२० मा पर्यटन वर्ष मनाउने भने पनि बाह्यि तथा आन्तरिक पर्यटनको सम्भावना भएको बर्ने-सुनमाईको प्रचार हुन सकेको छैन । थोरै लगानीमा यस्तो ठाउमा पर्यटनको बिकास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्