Logo

‘मिस नेपाल अर्थ’ पृया सिग्देल साझा पार्टीको केन्द्रीय सदस्य



काठमाडौँ, २८ साउन । गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय पृया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

देश भित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवाहरूलाई जोड्न लागि परेको साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रुपमा अनुमोदन गरेको पार्टी प्रवक्ता डा। सूर्यराज आचार्यद्वारा जारी विप्तिमा उल्लेख छ ।

‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी पृया सिग्देल पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन् । उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र ‘युवा चेन्ज मेकर’का रुपमा स्वीट्जरल्याण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहश्र दिएकी थिइन् ।

सिग्देल भन्छिन् “मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फ्याशन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रम प्रस्तोता नै हुने होला भन्ने हुँदो रहेछ । तर मलाई चाहिँ भित्रैदेखि राजनीतिकरूपमा अघि बढेर समाजको बृहत्तर रुपान्तरणमा भूमिका खेल्न रहर छ ।

अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य छ । अग्रज पुस्तासंग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको छु।”

प्रतिक्रिया दिनुहोस्