Logo

ताप्लेजुङलमा फोनिजको २० औं स्थापना दिवस



ताप्लेजुङ, २८ साउन । आफ्नो २० औं स्थापना दिवसको अवसर पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ताप्लेजुङ शाखाले सोमबार शुभकामना आदानप्रदानसहित फुङ्लिङमा सुस्तश्रवण बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

फुङ्लिङ नगरपालिका वडा नं. ४ स्थित बालमन्दिर आधारभूत बिद्यालयमा अध्ययनरत २५ जना फरक क्षमता भएका बालबालिकालाई ३–३ थान कापी र १–१ थान डटपेन वितरण गरिएको फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिए ।

लिङ्खिमका अनुसार फरक क्षमता बाहेक अन्य उपस्थित सो बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई समेत शैक्षिक सामग्री वितरण गरिएको थियो । बालमन्दिर बिद्यालय रहेको फुङ्लिङ नगरपालिका वडा नं. ४ का वडाध्यक्ष जीतेन लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फोनिजलाई स्थापना दिवसका अवसरमा शुभकामना दिइएको थियो ।

कार्यक्रममा बालमन्दिर प्राविका प्रधानाध्यापक सारदा दाहाल (काफ्ले), फोनिजका संघीय (केन्द्रीय) सदस्य चन्द्र पन्दाक ‘प्रयास’, पत्रकार महासंघ ताप्लेजुङका पूर्वअध्यक्ष तथा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य खगेन्द्र अधिकारी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सन्तोष पुर्कुटी, फोनिजका जिल्ला उपाध्यक्ष ङिमा शेर्पा, सचिव सूर्यप्रकाश माबोहाङ (आलोक), कोषाध्यक्ष मनु माबो सहितका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्