Logo

विद्युत् चुहावटबाट त्रिभुवन शिक्षण अस्पतालमा आगलागी



काठमाडौँ, २७ साउन । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचौ तलाको एक कोठामा आगलागी भएको जानकारी दिए । आगलागी अहिले नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका वृत्त प्रमुख प्रसाईँले बताए । आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्