Logo

नेकपा सचिवालय बैठक स्थगित



काठमाडौं , २७ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ। यसअघि मंगलबार बस्ने भनिएको बैठक पुनः २९ गतेका लागि सारिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहकार्य नपुगेकाले बैठक २९ गतेका लागि सारिएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका ओली सोमबार थाइल्याण्डबाट फर्किएपछि सचिवालय बैठक बस्ने तयारी थियो। अघिल्लो सचिवालय बैठकले नै मंगलबारका लागि मिति तय गरेको थियो। सचिवालय बैठकले स्कुल विभागलगायतका विभागको टुंगो लगाउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्