Logo

चर्चामा आउँनको लागि पोस्ट गर्दिंन: साम्राज्ञी



काठमाडौँ, २७ साउन । साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो फिल्म ‘ड्रिम्स’ बाट नै राम्रो चर्चा बटुलिन् । आठ वटा फिल्ममा अभिनय गरिसकेकी साम्राज्ञीको व्यक्तिगत जीवनको पनि उत्तिकै चर्चा हुन्छ ।

साम्राज्ञीले सामाजिक सञ्जालमा पोस्ट गर्ने सामाग्रीको चर्चा हुने गर्दछ । साम्राज्ञीले बालीबाट प्रेमीसँग सेयर गरेको अन्तरंग तस्बिरले हंगमा नै मच्याएको थियो । प्रेमीसँगको तस्बिर चर्चामा आएपछि साम्राज्ञीले आफ्नै तरिकाले जवाफ फर्काइन् ।

बिहिबार रातो टिका निधारमाको प्रेसमिटमा साम्राज्ञीले भनिन्, ‘म कुनै पनि पोस्ट चर्चामा आउनको लागि गर्दिन । तर पोस्ट गरेको कुराको चर्चा हुन्छ ।’ साम्राज्ञी राज्यलक्ष्मी शाहको फिल्म ‘मारुनी’ यहिँ भदौ १३ गते रिलिज हुँदैछ भने ‘रातो टिका निधारमा’ दशैंको अवसर पारेर रिलिज हुँदैछ ।

नेवल नेपाल निर्देशित फिल्म मारुनीमा साम्राज्ञीले नायक पुष्प खड्का र अशोक शर्मा निर्देशित फिल्म रातो टिका निधारमा मा नव नायक अंकित शर्मासँग स्क्रिन सेयर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्