Logo

एलिनाको ‘तिम्रो खुसीमा’ सार्वजनिक (भिडियोसहित)



काठमाडौँ, २७ साउन । ‘इन्ष्टाको फोटो’ गीतको कभर गारेर चर्चामा आएकी गायिका एलिनाको चौहानको नयाँ गीत ‘तिम्रो खुसी’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

खुसी इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘तिम्रो खुसीमा’का गीतकार तथा संगीतकार नृपेश उप्रेती हुन् भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । गीतको म्युजिक भिडियोका निर्देशक हुन् शक्ति प्रज्वल घिमिरे । 

बेलायतमा बसेर गीत गजल लेखनमा लामो समयदेखि सक्रिय रहेका उप्रेती संगीत भर्ने पनि गर्छन् । यस गीतमा उनले मेलोडी पक्षलाई विशेष ध्यान दिएर सुमधुर बनाउने प्रयास गरेका छन् ।

‘तिम्रो खुसीमा’ को म्युजिक भिडियोमा ऋचा थापा र सुदिप न्यौपाने रोमान्टिक अवतारमा देखिका छन् । ऋचाको पहिलो चलचित्र ‘लब यु हमेसा’ रिलिजको तयारीमा छ भने सुदिप टिकटक स्टार हुन् ।

शक्तिकै सम्पादन रहेको भिडियोलाई नमराज घिमिरेले छायांकन गरेका हुन् भने नृत्य निर्देशन प्रपिण थापाको रहेको छ । भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्