Logo

आयुषको स्वरमा ‘हजार जुनीसम्म’को टाइटल गीत



काठमाडौँ, २७ साउन । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो रनरअप भएका आयुष केसीले फिल्म ‘हजार जुनीसम्म’को टाइटल गीत गाएका छन् ।

फिल्ममा उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’ लाई रि–एरेञ्ज गरिएको छ । केहि दिन अगाडी आयुषले उदयकै उपस्थितिमा गीत रेकर्ड गराएका थिए । धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले आयुषले भने आफुलाई खुसि बनाएको बताए थिए ।

फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ । उदयले स्टुडियोमा रेकर्डिङको क्रममा आयुषलाई केहि सिकाएका थिए । आयुषले फिल्म ‘हजार जुनीसम्म’ मार्फत पार्शवगायनमा डेब्यु गरेका हुन् । पवन चाम्लिङ्ग ‘किरण’ को शब्द रहेको गीतमा योगेन्द्र घतानीले संगीत भरेका छन् ।

विकासराज आचार्यको निर्देशन गरेको फिल्ममा आर्यन सिग्देल, संचिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की, अनुभव रेग्मी शिवहरि पौडेल, अखिलेश प्रधानलगायत कलाकारको अभिनय रहेको छ ।

कविता रेग्मीले निर्माण गरेको फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । यो फिल्म साउन ३० गते देखि प्रर्दशन हुँदैछ । गीत हेर्नुस् :

प्रतिक्रिया दिनुहोस्