Logo

आज साउनको अन्तिम सोमबार, अर्जुनधारा धाममा शिवभक्तको भिड



झापा, २७ साउन । आज साउन महिनाको अन्तिम सोमबार । पूर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधाराधाम लगायत देशभरका शिवालयमा श्रद्धालुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यसदिन श्रद्धालुले व्रत, पूजापाठ, दान दिने गर्दछन् । बोलबम तीर्थालुको पनि देशभरका शिवालयमा घुइँचो छ ।
पूर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधाराधाममा जल चढाउने र पूजापाठ गर्ने बोलबम श्रद्धालुको बिहानैदेखि भिड छ ।
फोटो फिचर

प्रतिक्रिया दिनुहोस्