Logo

केन्याको डान्सबारमा पक्राउ १२ नेपाली महिलाको उद्दार



काठमाडौं, ३ साउन । वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्यामा पुगेका १२ जना नेपाली महिलाको उद्धार गरिएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अन्तर्राष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा केन्याबाट नेपाली महिलाको उद्धार भएको हो । उनीहरुलाई आइओएमको रोहवरमा परिवारलाई बुझाएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उद्धारमा गैरआवासिय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दुतावास, डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्या लगायत अन्य संघसंस्थाको सहकार्यमा बिहीबार अन्तर्राष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई नेपाल ल्याइएको हो ।

भारत हुँदै केन्या पुगेका महिला केन्याको मुम्बासा शहरस्थित रङगीला डान्सबारमा कार्यरत थिए । उनीहरुलाई डान्सवारबाट केन्या प्रहरीले छापामारी पक्राउ गरेको थियो । नेपाली महिलासमेत पक्राउ परेको सामाजिक सञ्जाल र पत्रपत्रिकामा समाचार आएका आधारमा प्रहरीले अनुसन्धान गरी उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्