Logo

प्रणित टप ५ कोरियोग्राफरका रुपमा छनौट



झापा, ३ साउन । जिल्लाको मेचीनगरका प्रणित पुडासैनी प्याजेन्ट नेपाल इन्टरनेश्नलले आयोजना गरेको फेशनमोडल अवार्डमा मौफसलको टप ५ कोरियोग्राफरका रुपमा छनौट भएका छन् ।

आगामी साउन २३ गते काठमाडौँमा हुने अवार्ड कार्यक्रमको नोमिनेसनमा उनी पर्न सफल भएका हुन् । उनले बिगत पाँच वर्षदेखि झापामा रहेर इभेन्ट म्यानेजमेन्ट, कोरियोग्राफी तथा रयाम्प निर्देशन गर्दै आएका छन् ।

अवार्ड जित्नका लागि उनले भोटको अपिल गरेका छन् । जसकालागि मोवाइल मार्फत PN 33A टाइप गरि 33001 मा पठाउनु पर्ने हुन्छ । सो फेशन एण्ड मोडल अवार्डको नोमिनेशनमा पुर्व मिस नेपालहरु सुगारीका केसी, माल्भिका सुब्बा, मिस्टर मोडल अफदि वल्र्ड दिक्पाल कार्कीसहित अन्य चर्चीत व्यक्तिको नाम समावेश छ ।

टप ५ कोरियोग्राफरमा पर्दै नोमिनेशनमा पर्ने पुडासैनी झापाका पहिलो कोरियोग्राफर हुन् । उनी प्रबन्ध निर्देशक रहेको कम्पनी ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट समेत मौफसलको टप ५ इभेट म्यानेजमेन्ट कम्पनी बन्दै नोमिनेशनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्