Logo

फेसन मोडल अवार्डमा झापाका अनुस टप फाइभमा



झापा, ३ साउन । झापा मेचीनगर १ बाहुनडाँगीका अनुस किराती प्याजेनट नेपाल इन्टरनेसनलले आयोजना गरेको फेसन मोडल अवार्डमा मौफसलको टप फाइभमा वेस्ट फेसन मोडलको रुपमा छनौट भएका छन् ।

आगामी श्रावण २३ गते काठमाडौंमा हुने अवार्ड कार्यक्रमको नोमिनेसनमा उनी पुर्व वाट छनौट हुन सफल भएका छन्। उनले १९ बर्षको उमेरमा बिगतका वर्षहरुवाट झापामा ब्युटी इभेन्ट म्यानेजमेन्टको निर्देशन गर्दै आएका छन् ।

अवार्ड जित्नका लागि उनले भोटको अपिल गरेका छन्। जस्को लागि मोबाइलको एसस् एम एस मार्फत PN (space) टाइप गरी 17F लेखी ३३००१ मा पठाउन को लागि अनुरोध गरेका छन्।

टप फाइभको नोमिनेसनमा परे सगै किराती ले यस भन्दा अगि काठमाडौँमा सम्पन्न मिस्टर एण्ड मिस टिन नेपाल २०१८ को टप फाइभ फाइनलिस्ट समेत हुन् । उनी प्रबन्धक निर्देशक रहेको कम्पनी सक्सेस इन्टरटेन्मेन्ट मिडिया प्रा लि समेत मौफसलको टप फाइभ म्यानेजमेन्ट कम्पनी वन्दै नोमिनेसनमा परेको छ। अनुस किराती सञ्चार कर्मी, मोडल समेत हुन्

प्रतिक्रिया दिनुहोस्