Logo

अक्षय कुमारले दिए बाढी पिडितलाई २ करोड



एजेन्सी, ३ साउन । बलिउड अभिनेता अक्षय कुमारले बाढी पिडितलाई भारु २ करोड दान गर्ने भएका छन् । उनले टुविटर मार्फत आफूले बाढीपीडितलाई सहयोग गर्न लागेको खुलाएका हुन् ।

अक्षयले असममा बाढीले पारेको क्षतिबारे थाहा पाउँदा दुखी भएको बताएका छन् । उनले लेखेका छन्, ‘असममा बाढीले पुर्याएको क्षतिबारे थाहा पाउँदा निकै दुखि भएको छु । यो संकटमा सबै प्रभावित, मानव वा जनावरहरुलाई साथ र समर्थनको आवश्यक छ । त्यसैले म सिएम राहत कोष र काजिरंगा नेसनल पार्कलाई १÷१ करोड प्रदान गर्न चाहन्छु ।’

अक्षय कुमार अहिले ‘मिसन मंगल’ फिल्मको प्रचार प्रसारको क्रममा छन् । फिल्ममा अक्षय कुमारसँगै सोनाक्षी सिन्हा, तपसी पन्नु, विद्या बालन, शरमन जोशी, कीर्ति कुल्हारी, नित्या मेननको मुख्य भुमिका रहेको छ । यो फिल्म अगस्त १५ देखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्