Logo

बार्सिलोनाले नेयमारलाई ९० मिलियन पाउन्ड र २ खेलाडी दिने



एजेन्सी, ३ साउन । क्याटलान क्लब बार्सिलोनाले ब्राजिल तथा पीएसजीका स्टार फरवार्ड नेयमारलाई अनुबन्ध गर्नको लागि आधिकारिक रुपमा प्रस्ताव अघि सारेको छ ।

पछिल्लोपटक बार्सिलोनाले नेयमारलाई ९० मिलियन पाउन्ड र ६ खेलाडीमध्यबाट २ खेलाडी दिने तयारी गरेको हो । यसै सिजन महँगो मुल्यमा दुई खेलाडी एन्टोइन ग्रिजमन र फ्रान्की डि जोङलाई अनुबन्ध गरेको थियो ।

फाइनान्सियल फेयर प्ले बाट बच्न पनि बार्सिलोनाले नेयमारलाई ९० मिलियन पाउन्ड र २ खेलाडी दिने प्रस्ताव अघि सारेको हो । स्काइ स्पोर्टस्का अनुसार नेयमार ल्याउन बार्सिलोनाले फिलिपे कौटिन्हो, औसमाने डेम्वेले, इभान राकिटिक, नेल्सन सेमेडो र माल्कमलगायतका खेलाडीलाई बेच्ने तयारी गरेको छ ।

नेयमारले जसरी पनि पीएसजी छाड्ने मनसायमा रहँदा बार्सिलोनाले यो प्रस्ताव अघि सारेको हो । २७ वर्षीय नेयमार २०१७ मा कीर्तिमानी १९८ मिलियन पाउन्डमा बार्सिलोनाबाटै पीएसजी पुगेका थिए ।

नेयमार गत सोमबारदेखि पीएसजीको प्रशिक्षणमा सामेल भएका छन् । त्यसअघि उनी ब्राजिलमै ५ ए साइडमा व्यस्त रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्