Logo

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पुनः विवादमा



एजेन्सी, ३१ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पुनः विवादमा परेका छन् । उनले समाजवादी र साम्यवादलाई अमेरिका छाडेर देखाउन चुनौती दिएसँगै विवादमा परेका हुन् ।

ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीप्रति लक्षित गर्दै अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने बताएका थिए । उनले अमेरिकाको नेतृत्व र विचार धारासँग खुसी हुन नसक्नेले अमेरिका छाड्न सक्ने विकल्प भएको समेत बताएका थिए ।

बामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता कार्यलाई प्रोत्साहन दिन खोजेको आरोप समेत लगाएका छन् । आफ्नो कार्यकाल निकै उत्कृष्ट भएको बताएका ट्रम्पले मेक्सिकोमाथि समेत ट्वीट मार्फत प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्