Logo

सिटीका मिडफिल्डर फेबियन डेल्फ एभरटनमा



एजेन्सी, ३१ असार । इङ्लिस प्रिमियर लिग क्लब एभर्टनले म्यानचेस्टर सिटीका मिडफिल्डर फबियन डेल्फलाई क्लबमा आवद्ध गरेको छ । एभरटनले डेल्फलाई तीन वर्षका लागि अनुबन्ध गरेको हो ।

२९ वर्षे डेल्फ सिटीसँग १ वर्षको सम्झैता बाँकी रहँदै एभरटनमा आवद्ध भएका हुन् । डेल्फलाई एभरटनले १० मिलियन पाउण्डमा टिममा अनुबन्ध गरेको हो ।

एस्टन भिल्लाका पूर्व खेलाडी डेल्फले २०१७–०१८ को सिजन सिटीबाट २२ खेल खेलेका थिए। तर, एट्लेटिको मड्रिडबाट रोड्रिगो आएपछि पेप ग्वार्डिओलाको टोलीमा डेल्फले मौका पाउने सम्भावना घट्दो थियो ।

प्रतिक्रिया दिनुहोस्