Logo

ऋतिकको ‘सुपर ३०’ ५० करोड नजिक



काठमाडौँ, ३० असार । ऋतिक रोशन स्टारर फिल्म सुपर ३० ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ । पहिलो दुइ दिनमा ऋतिक रोशनको फिल्मले ३० करोडको कमाइ गरेको छ ।

कबीर सिंह र आर्टिकल १५ पनि हलमा चलिरहेको बेला सुपर ३० दर्शकको चाहमा परेको छ । मिडिया रिपोर्टहरुका अनुसार फिल्मले तेस्रो दिन १६ करोड आसपास कमाइ गर्न सफल भएको छ ।

यससँगै सुपर ३० को कुल कमाइ ४६ करोडको करिब पुगेको छ । सुपर ३० चाँडै ५० करोडको क्लमा सहभागी भएको छ । भारतीय बजारमा शुक्रवार फिल्मले ११.८३ करोड, शनिवार १८. १९ करोड कमाएको थियो ।

सुपर ३० मा ऋतिकका अलावा मृणाल ठाकुर, पंकज त्रिपाठी, वीरेन्द्र सक्सेना, अमित साध मुख्य भूमिकामा छन् । पटनाका गणितज्ञ आनन्द कुमारको जीवनमा आधारित भएर फिल्म बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्