Logo

विश्वकप क्रिकेट फाइनलः न्यूजिल्यान्ड पराजित, इंग्ल्यान्ड बन्यो च्याम्पियन



काठमाडौँ, ३० असार । इंग्ल्याण्डको लर्डस् क्रिकेट मैदानमा भइरहेको १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधी इंग्ल्याण्डले जितेको छ ।

आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्यान्डले पहिलो पटक विश्वकप ट्रफी उचालेको हो ।

विश्वकप इतिहासकै सबैभन्दा रोचक खेलमा न्यूजिल्याण्डलाई सुपर ओभरमा हराएर इंग्ल्याण्डले विश्वकप २०१९ को उपाधि जितेको हो ।

टस जितेपछि पहिला ब्याटिङ गरेको किविज टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ४१ रन जोडेको थियो । इंग्ल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै २४१ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । खेल टाई भएको थियो । दुई पटक सुपर ओभरमा पुगेको खेलमा बाउन्ड्रीका आधारमा इंग्ल्याण्ड विजयी भएको हो ।

इंग्ल्याण्डले अन्तिम २ बलमा ३ रन बनाउन नसक्दा खेलमा सुपर ओभर गएको थियो । अन्तिमसम्म खेललाई गुम्न नदिएको न्यूजिल्याण्डले सुपर ओभरमा इंग्ल्याण्ड समान रन बनाए पनि २ वटा चौका प्रहार गरेको आधारमा भाग्यमानी साबित हुँदै इंग्ल्याण्डले उपाधि जितेको हो ।

ब्याटिङ्तर्फ इंग्ल्यान्डका कप्तान इयोन मोर्गन ९, जोनी बेयस्र्टो ३६, जेसन रोय १७ र जोए रुट ७, जोस बटलर ५९, क्रिस वोक्सले २ रन बनाए भने इंग्ल्यान्डको यो सफलतामा स्टोक्स नायक बने । उनले अविजित ८४ रन जोडे । सुपर ओभरमा पनि उनले एक्लैले ८ रन जोडेका थिए ।

तीनपटक विश्वकपको फाइनलमा पुगे पनि उपविजेतामा सीमित बनेको इंग्ल्यान्डले चौथो प्रयासमा विश्वकप ट्रफी उचालेको हो । अस्ट्रेलियाले पाँचौं पटक विश्वकपको उपाधि जितेको छ । यसैगरी भारत र वेस्ट इन्डिजले दुई÷दुई पटक विश्वकप ट्रफी उचालेको छ भने पाकिस्तान र श्रीलंकाले एक÷एक पटक उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्