Logo

आमा बने पछि यस्ति देखिइन् आँचल



काठमाडौँ, २९ असार । गायक, संगीतकार एवं रचनाकार बासुदेव केसीले आफ्नो पहिलो एल्बम ’राईजिङ्ग सन’ मा रहेको एक गीतको भिडियो रिलीज गरेका छन् । ’ओ प्रिय’ बोलको गीतको भिडियोमा अरुण क्षेत्री र आँचल शर्मा फिचरिंग छन् ।

आँचललाई एकोहोरो प्रेम गर्ने अरुण आँचललाई आफ्नो बनाउन कोशिस गरिरहेका देखिन्छन् । भिडियोमा आँचल आमा समेत भएकी छिन् । भिडियोको निर्देशन कोरियोग्राफर तथा डान्सर राहुल शाहले गरेका छन् भने सम्पादन तथा छायांकन पवन सुस्लिङ्ग रहेको छ ।

गायक केसीको स्वर, संगीत तथा शब्द रहेको गीतमा मोहित मुनालको एरेञ्ज रहेको छ । गीतमा आफुले मन परेको मान्छेलाई प्रेमको अपिल गरिएको भाव समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्