Logo

मलेसियाबिरुद्धको ऐतिहासिक सिरिज नेपालद्धारा कब्जा



काठमाडौं, २९ असार । नेपालले पहिलो पटक टी–ट्वान्टी अन्र्तराष्ट्रिय सिरिज क्लिन स्विप गरेको छ । मलेसियाबिरुद्धको दुई खेलको टी–ट्वान्टी सिरिज खेलेको नेपालले दुवै खेल जित्दै सिरिज क्लिन स्विप गरेको हो । सिरिजअन्र्तगत पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हरायो भने आईतबार भएको दोस्रो खेलमा ६ रनले पराजित ग¥यो ।

किनरारा ओभल मैदानमा १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो । मलेसियाकालागि शैयद अजीजले अर्धशतकिय पारी खेले । बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । त्यस्तै करण केसी, पारस खड्का र अबिनाश बोहराले समान एक एक विकेट लिए ।

यसअघि किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको गियो । नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । यसअद्धि नेपाललले युईएविरुद्वको सिरिज दुई एकले आफ्नो पक्षमा पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्