Logo
  बैशाख ७, २०८१ शुक्रबार

सडकको नाला टाँसियो, ठेकेदारलाई भुक्तानी दिने काम सकियो



झापा, २८ असार । सघन शहरी विकास कार्यालय भद्रपुरले धुलावारी भद्रपुर सडकको नाला निर्माणको काम गुणस्तरहीन भएपनि भुक्तानी गरेको छ । पत्रकारले तस्वीर लिएको केहि घण्टामै सडक भत्किएको नाला निर्माण कम्पनीले भत्काएको छ ।

श्रेष्ठ कन्ट्रक्सन काठमाडौँले सडकको नाला निर्माण कार्य सम्पन्न भएको भन्दै पाँच दिन अघि बुझाएको प्रतिवेदन आधारमा कार्यालयले भुक्तानी दिएको छ । भद्रपुर ८ शान्ति चौक स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय अगाडिको भद्रपुर—धुलावारी सडक खण्डमा झण्डै सय मिटर सडक नाला धसिएको छ । नालाको पर्खाल जोडिएको छ । श्रेष्ठ कन्ट्रक्सन काठमाण्डौले निर्माण गरेको सडकको नालामा कमसल निर्माण सामग्री प्रयोग गरेकाले नाला धसिएको हो ।

सघन शहरी विकास कार्यक्रम अन्र्तगत भद्रपुरमा ६ वटा प्याकेजमा निर्माण भइरहेको पहिलो, दोस्रो र तेस्रो चरणको काम सम्पन्न भएको भनिएको छ । तर, ग्राभेलको ठाउँमा सम्झौता विपरित माटोमा केही ढुंगा मिसाउने, नाला भत्कने, चर्कने र धसिने गरेको छ । गुणस्तर काम भएपनि भुतानी भने रोकिएको छैन ।

कम्पनीको प्राविधिक पक्षको नेतृत्व गरिरहेका सुदिप बानियाँ भने वर्षादका कारणले सडकको नालीको निर्माणाधीन पर्खाल ढलेको दाबी गर्छन् । उनका अनुसार यस वर्ष गरिसक्नु पर्ने काम कम्पनीले पूरा गर्ने क्रममा निर्मित पर्खाल ढलेको हो ।

आयोजनामा श्रेष्ठ कन्ट्रक्सन काठमाण्डौले ३० किमी, गजुरमुखी कन्ट्रक्सन इलामले २३ किमी, खनाल कन्ट्रक्सन इलामले ६ किमी र पुष्पाञ्जलि जभी अरनिको हेविटस जलथलले ५ किमी सडक नाला निर्माणको जिम्मा लिएर काम गरिरहेका छन् ।

बहुवर्षे आयोजना अन्र्तगत ६ वटा प्याकेजमा २५ वटा योजनाका कामहरू पक्की नाला निर्माण सहित सडक विस्तार भइ रहेको छ । दुई अर्व रुपैयामा ५ वर्ष भित्र भद्रपुर नगरपालिका भित्र रहेका साना तथा साँघुरा सडक फराकिला बन्ने निर्धारित लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्