Logo

बिपी प्रतिष्ठानबाट नवजात शिशु चोरी, दुई जना पक्राउ



धरान, २६ असार । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागबाट नवजात शिशु चोरी भएको छ। शिशु चोरीको आरोपमा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ।

प्रहरीले लिला बिक र उनकी भाउजू मिला लिम्बुलाई शिशु चोरी गरेको आरोपमा पक्राउ गरेको हो। प्रहरीका अनुसार बुधबार राती बबिता मेहताको छोरा प्रतिषठनको प्रसूति विभागबाट नै चोरी भएको थियो।

भोक्राहा गाउँपालिका १ की मेहताले छोरा विभागबाट हराएको भन्दै हल्ला गरेपछि बच्चाको खोजी सुरु भएको थियो। नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएपछि विभागमा राखेर उपचार भइरहेको थियो।

प्रहरीका अनुसार बच्चा चारी गर्नेले कुरुवाको नाटक गरेर बसेका थिए। चोरी गरिएको नवजात शिशु प्रतिष्ठानबाट करिब ५ किलोमिटर टाढा बगरकोटमा प्रहरीले फेला पारेका थिए।

प्रतिक्रिया दिनुहोस्