Logo

विश्व्कप क्रिकेटको सेमिफाइनलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै



काठमाडौँ, २६ असार । आईसीसी विश्वकप क्रिकेटमा आज (बिहीबार) दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीचको खेल हुँदैछ ।

पाँच पटकको विजेता अस्ट्रेलिया विश्वकप क्रिकेट अन्तर्गतको दोस्रो सेमिफाइनलमा आज पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा रहेको इंग्ल्यान्डसँग खेल्दैछ । बमिङ्घमस्थित इड्जबस्टोन क्रिकेट मैदानमा हुने खेलमा इङ्ग्ल्याण्ड अस्ट्रेलियालाई पराजित गर्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा छ ।

पछिल्लो २७ वर्षमा नकआउट चरणमै संघर्षरत इंग्ल्यान्ड फाइनल प्रवेशका लागि अस्ट्रेलिया साविक विजेता टोलीलाई रोक्ने लक्ष्यमा रहेको छ । इङ्ग्ल्याण्डका कप्तान इयोन मोर्गनले विश्वकप क्रिकेटको सेमिफाइनलका लागि इङ्ग्ल्याण्डको अहिलेको भन्दा राम्रो तयारी हुन नसक्ने बताएका छन् । उनले भने, ‘पछिल्ला दुई खेलमा हामी हाम्रो सर्वाधिक राम्रो खेलको नजिक थियौँ। त्यही भएर एकदमै उत्साहित छौँ।’

लिग चरणमा अस्ट्रेलियासँग पराजित भएपछि लिग चरणबाटै बाहिरीने भय बोकेको इंग्ल्यान्ड भारत र न्यूजिल्यान्ड दुवैलाई पराजित गर्दै खेलमा फर्किएको थियो । पहिलो चरणको अधिकांश समयआरोन फिन्चले उक्त मैदानको वातावरण राम्रो भएको र त्यहाँ खेल्न सधैँ राम्रो लाग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्