Logo
  चैत्र १६, २०८० शुक्रबार

महाभारत कालको इतिहाससँग जोडिन्छ सताक्षीधाम



   

झापा, २४ असार । झापा धार्मिक तथा पर्यटकीय दृष्टीले महत्वपूर्ण मानिएको जिल्ला हो । थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको यस जिल्लामा आन्तरिक तथा बाहिय पर्यटकका लागि पछिल्ला समयमा आकर्षक गन्तव्य बन्दै गएको छ ।

महाभारत कालिन इतिहाससँग जोडिइको सताक्षीधाम झापाको सबै भन्दा पबित्र तिर्थस्थल मानिन्छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट उत्तर चुरेपहाडको फेदमा रहेको यसको प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावले धर्मालम्बि तथा पर्यटकको उल्लेख्य आगमन हुन सकेको छैन ।

रतुवामाई बृक्षारोपण आयोजनाको घना जंगल र ईलाम महमाईको चुरे बनसँग जोडिएको स्थानमा सताक्षीधामको मन्दिर छ । यहाँ पुग्ने जो कोहिलाई आयोजनाको सालघारी बनमा रहेका बन्य जन्तु र बिभिन्न प्रजातिका पशु पंक्षीका सुमधुर आवाजले मन्त्र मुग्ध बनाउने गरेको छ ।

डाँफे, कोईलि, हुट्टिट्याउँ जस्ता पंक्षी यो जंगलमा पाईने गरेको छ । झापाको झिलझिलेबाट साढे पाँच किलो मिटर उत्तर ग्राभेल सडक छिचोलेपछि सताक्षीधाम पुग्न सकिन्छ ।

सताक्षीधाम क्षेत्र सबै उमेर समूहका मानिसलाई महत्वपूर्ण छ । यहाँ स्वदेश तथा विदेशका सवै धर्मालम्बि आउने गरेका छन् । खास गरी बालाचर्तुदशी, माघे संक्रान्ति, साउने संक्रान्ति, बैसाख एक, जनवारी १, शिवरात्रि जस्ता धार्मिक पर्वमा यहाँ तिर्थालुको घुईचो लाग्ने गरेको छ ।

बालाचतुदर्सी धार्मिक पर्व हो । सताक्षीधाममा बालाचतुदर्शीका दिन भव्य धार्मिक मेला लाग्ने गरेको छ । दिवंगत आफन्तका नाममा सतविज छर्न र श्राद्ध गर्न यस क्षेत्रमा हिन्दू धर्मालम्बि नेपाल लगायत भारत, भुटान, वर्मा लगायतका मुलुकबाट तिर्थालु आउने गरेका छन् ।

प्राचिन इतिहासँग सताक्षीधाम
सतासीधामको महत्व हिन्दू धर्मका प्राचीन ग्रन्थहरुमा समेत बर्णित छ । स्थानीयवासी त्यही आधारमा धार्मिक पर्यटन स्थलको रुपमा सतासीधामलको बिकास गर्न सकिने विश्वास लिएका छन् । भागवत गिता, चण्डी, श्रीस्वास्थानी व्रत कथा जस्ता ग्रन्थमा सतासीधामको वर्णन छ । भागवत गिताको ११ औ अध्यायमा पनि सताक्षीधामको महिमा बर्णित छ ।

भगवान शिवले पार्वतीसँग विहे गर्दा सतासीधामबाट जन्ती लिएर गएको किंवदन्ती छ । त्यस्तै महाभारत कथाका कौरव र पाण्डवले सतासीधामलाई लामो समय आफ्नो आश्रयस्थल बनाएको जनश्रुति पाइन्छ ।

विरे नुन् र यसको महत्व
सताक्षीधाम मन्दिरको दर्सन गरेपछि सतासी खोलै खोला हँुदै सताक्षी झरना पुग्न सकिन्छ । करिव ४५ मिनेटको ढुँगेखोलोको बाटोले झरना पुग्न सर्वसाधरण सवैलाई रमाईलो प्रदान गर्छ । झरना पुग्नु अगावै सतासीखोलामा बिरे नुन स्वादको पानि उम्रीएको पाईन्छ । पानि उम्रिएको ठाउँको छेउछाउमा बिरे नुन्को सुगन्ध आउने गर्छ । त्यहाँ पग्ने जो कोहि यसको अवलोकन र महत्वका बारेमा जिज्ञाषा राख्ने गर्दन् ।

सतासीखोलमा उम्रिएको बिरेनुन् स्वादको पानी औषधिको रुपमा प्रयोग हुने गरेको छ । पेट र ग्यास्टीक जस्ता रोग निको पार्न सतासी खोलाको बिरेनुन्को पानी औषधिको रुपमा प्रयोग हुने बिश्वास छ । यहाँको पानि लिन भारतको बिभिन्न ठाउँका धर्मालम्बि आउने गरेका छन् ।

गोलोक गोर्वद्र्धन गौशाला
सताक्षीधामको यतिवेला अर्को बिशेषता थपिएको छ । गोलोक गोर्वद्र्धन गौशाला धाम स्थापना भएपछि सताक्षीधामको मुहारमा एक्कासी परिवर्तन आएको हो । शुरुमा भारतको बृन्दावन, हरियाणा र आसामबाट ल्यार्ईएका उन्नत जातका ८ वटा गौबाट गौशालाको संचालन भएको हो । नेपालको प्रचलित कानुन मिचेर दोश्रो मुलुक निकासी गर्न लागिने गौको संरक्षण र स्याहारका लागि गौशालाको स्थापना भएको हो ।

गोलोक गोवद्र्धन गौशाला

गौपुराण(गौमहोत्सव)
२०७१ साल चैत्रमा मात्र स्थापना भएको गौशालामा नेपाल लगायत भारतका बिभिन्न
ठाँउका तीन सय भन्दा बढी गौको संरक्षण गरिएको छ । नेपालमा पहिलो पटक गौलाई व्यासमा राखेर २०७२ मंसिरमा गौ महोत्सवको आयोजना गरिएको थियो । गोलोक गोवद्र्धन गौशालाले आयोजना गरेको महोत्सवले धामको प्रचार प्रसारमा पर्याप्त टेवा पुगेको छ । ५० हजार धर्मालम्वीले गौ महोत्सवमा सहभागिता जनाएका थिए । भारत लगायतका मुलुकका हिन्दू साधु, सन्त र बिदुसीको सहभागिता थियो ।

गौ अस्पताल र आर्युवेदिक औषिधि उत्पादन
गौशालाको संरक्षणमा रहेका गौको नियमित स्वास्थ्य उपचारको लागि धाम परिषरमा गौ अस्पताल निर्माण भएको छ । मुलुकको निजी स्तरबाट संचालन हुने यो पहिलो पशु अस्पताल भएको गोलोक गोवद्र्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वजको भनाई छ ।

गौशलाले गौ मूत्रलाई वाष्पिकरण प्रक्रियाबाट गौअर्क औषधि, वेलको जुस, गोबरको कोइला, अगलबत्ति, होम सामग्री लगायतका सामग्री उत्पादन सुरु गेको छ । गौशलाले करोडौँ रुपैयाँको लागतमा शिव लिंग, मन्दिर निर्माण गरिरहेको छ । गौशलाले हरिदेव गुरुकुल स्थापना गरेको छ ।

संरक्षणमा समस्या
धार्मिक पर्यटनको दृष्टिले झापा महत्वपूर्ण जिल्ला हो । यसमा पनि धार्मिक पयृटनको प्रशस्त सम्भावना बोकेको तिर्थस्थल हो सतासीधाम । तर, यो संरक्षण, प्रवद्र्धन र भौतिक पूर्वाधारको अभावमा यसले पर्याप्त पर्यटक आकर्षित गर्न सकेको छैन ।

झापा र इलामको सीमामा पर्ने चुरे पर्वतको फेदैमा रहेको धाम प्रवद्र्धनमा चासो नपुग्दा यसको मौलिक बिशेषतानै हराउने खतरामा छ । सतासी खोलामा आउने बाढी यस्को मुख्य समस्या हो । सतासी खोलाको कटान र पैरोले सताक्षीधामका थुप्रै गुफा नामेट बन्दै गएका छन् ।

देवी देवताका आकृतिसहितका शीलाहरु प्रशस्त भेटिन्छन् । तर, सुरक्षा पहुँचदेखि टाढा रहेको धामका धेरै शिलाहरु चोरी भएको स्थानीय बताउँछन् । ‘धामका धेरै महत्वका शीलाहरु चोरी भएका छन् ’, धाम संरक्षणका लागि स्थानीय तहमा ‘सुरक्षा नहुँदा तिनको संरक्षण गर्न नसकिएको स्वय् समितिका पदाधिकारी बताउँछन् ।

पूर्वाधारको अभाव
राज्यले धामको भौतिक पूर्वाधार विकासमा लगानी गर्नुपर्ने आवश्यकता भएपनि सहयोग हुन सकेको छैन । सडक, खानेपानी, यातायात, संचार र पर्यटकका लागि आवश्यक पर्ने आवास तथा बजार व्यवस्थापनमा ठोस नीति नहुँदा समस्या भएको हो ।
शिवसताक्षी नगरपालिकाले धाम क्षेत्रमा ५० लाखको लागतमा पक्की नाला निर्माण गरेको छ । आगामी वर्षमा थप लगानी गर्ने योजना नगरपालिकाले बनाएको छ ।

सरकारी सहयोगको आवश्यक्ता सरकारले पर्यटन बर्ष सन् २०११ का लागि देशका घुम्नयोग्य ठाउँहरुको सूचीमा तासीधामलाई सूचीकृत गरेको थियो । तर, सूचीकृत गर्ने बाहेक सरकारले धामको संरक्षण र प्रवद्र्धनमा खासै चासो देखाएन । कालोपत्र सडक नहुँदा आन्तरिक तथा बाहिय पर्यटकले चाहेर पनि सतासीधाम पुग्न सक्तैनन् । यातायात असुबिदाले अपेक्षाकृत पर्यटक सताक्षीधाम पुग्नसक्तैनन् ।

पुरातत्व विभागले २०४८ सालमा धाम परिसरमा एउटा यज्ञकुण्ड बनाएको थियो । तर, बनेको केही बर्षमै पहिरोले भत्काएपछि लाखौ लगानीको कुण्ड अहिले नामेट बनेको छ । धामको सुरक्षा अर्को समस्या बनेको छ । धामका साधु सन्त, गुरुकुलका शिक्षक, विद्यार्थी लुटिने जस्ता घटना हुने गरेका छन् ।

धामको नयाँ निर्माणधिन मन्दिर
पूर्वाधार निर्माण

प्रतिक्रिया दिनुहोस्