Logo

झापामा पनि पिर्के सलामी



  

झापा, २२ असार । धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख परशु नेपालले लिएको सलामी तस्वीर सेलाउन नपाउँदै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले लिएको सलामी भाइरल बनेको छ । पोर्तेलले शनिवार झापाको चन्द्रगढीमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सलामी लिएका थिए । रातो कपडा ओढाएको सानो टेवलमा चढेर लिएको सलामी तस्वीर अहिले भाइरल भएको छ ।

सामाजीक सञ्जालमा तस्वीर एकाएक भाइरल भएपछि पोर्तेलले फेसबुकमा आयोजकले दिएको भूमिका निर्वाह गरेको भनेर सलामीको बचाउ गरेका छन् । र, उनले आफ्नो कुनै गल्ती नभएको आसय व्यक्त गर्दै दोस आयोजकमा थोपरेका छन् ।

काँकरभिट्टामा केही समय अघि सम्पन्न १ नम्बर प्रदेश स्तरीय तेक्वान्दो तथा कवडी प्रतियोगितामा पनि प्रदेस सभा सदस्य श्रीप्रसाद मैनालीलाई सलामी दिइएको थियो । पिर्के सलामीको एक पछि अर्को आलोचना भए पनि जनप्रतिनिधि सलामी ग्रहण गर्न छाडका छैनन् । काँकरभिट्टामा पनि प्रदेस सभा सदस्य मैनालीले पिर्के सलामी लिए । मैनालीको तस्व्रि खासै भाइरल नभए पनि जिसस प्रमुख पोर्तेलको तस्वीर भने एकाएक भाइरल भएको छ ।

प्रदेस सभा सदस्य मैनाली

धनकुटा महालक्ष्मी नगरप्रमुखको तस्वीर भाइरल भएको तीन साता वित्न नपाउँदै पोर्तेल पनि सामाजीक सञ्जालमा भाइरल भएका छन् । नगरप्रमुख नेपालले एक कार्यक्रममा लिएको सलामी सामाजीक सञ्जालमा निकैदिन भाइरल भएको थियो । उनी निकै आलोचित भए । उनले अन्जानमा गल्ति भएको स्वीकार पनि गरे ।

तरपनि उनलाई खिसिटिउरी गर्नेदेखि गणतन्त्रका छोटे राजा, गणतन्त्रको उपहार जस्ता अनेक उपमा दिए । कतिपयले टेवलमाथि चढेर उनले लिएको सलामी फोटोलाई फोटोसपबाट बाँसको टुप्पोमा चढेर सलामी लिएको बनाएर सामाजीक सञ्जलामा प्रयोग गरे ।

महालक्ष्मी नगरप्रमुख परशु नेपाल
फोटोसपबाट बिगारिएको तस्वीर

धनकुटा महालक्ष्मी नगरप्रमुखको फोटो भाइरल भएसँगै संघीय सांसद, प्रदेश सभा सदस्य, नगरप्रमुख, गाउँपालिका अध्यक्ष लगायतका जाप्रितिनिधिलाई सलामी लिएका तस्वीर भाइरल भए । ओखलढुङ्गाका प्रदेस सभा सदस्य मोहनकुमार खड्का र अर्का प्रदेस सभा सदस्य अम्बिरबाबु गुरुङले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पिर्कामाथि लिएका सलामी भाइरल भयो र उनीहरुको तस्वीर राखेर पिर्के सलामी भनियो ।

नेपाली काँग्रृसका सांसद अर्जुननरसिंह केसीले लिएको सलामी होस वा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट रातो कार्पेटमा हिँडेको तस्वीर नागरिकबाट निकै आलोचित भए । नागरिकले प्रश्न गरे जनताबाट निर्वाचित प्रतिनिधिलाई सलामी किन ? गाणतन्त्रमा जनप्रतिनिधि आमनागरिक भन्दा माथि हुन् ? वडा वडा र टोल टोलमा सलामी दिनुको अर्थ र औचित्य के हो ?

सलामी नेपालको साँस्कृतिक र मौलिक पहिचान होइन । यो सामन्तवादी संस्कारको उपज हो । यद्धपी, समयक्रमसँगै सेना, प्रहरीमा गरिने एक प्रकारको अभिवादन हो । पञ्चायतकालमा राजा, रानी, प्रधानमन्त्री लगायत अति विशिष्ठ व्यक्तिलाई मात्र सलामी दिइन्थ्यो ।

बहुदल कालमा पनि त्यस्तै थियो । मन्त्री मध्ये गृहमन्त्री प्रहरीको कार्यक्रममा आउँदा सलामी लिन्थे । तर, गाणतन्त्रसम्म आइपुग्दा पनि सलामी त्यति धेरै बदनाम भएको थिएन । तर, प्रदेस र स्थानीय निर्वाचन पछि भने सलामी खिसिटिउरीको विषय बन्न थालेको छ । टोल टोलमा दिइने सलामीप्रति नागरिकले प्रश्न गर्न थालेका छन् ।

जनप्रतिनिधिमा कस्तो स्वागत स्वीकार गर्ने वा प्रमुअ अतिथिलाई कार्यक्रमको पूर्व जानकारी नहुने, सम्मानका नामा ढर्रा र चाकडी गर्ने सोँचले जनप्रतिनिधि बिवादमा तानिएका छन् । कुन सम्मान कहाँ गर्ने, कस्ते अवस्थामा गर्ने भन्ने सामान्य चेतनाको कमीले समस्या हुने गरेको छ । कतिपय जनप्रतिनिधि अन्जानमै सलामीका कारण बिवादमा तानिएका छन् ।

गलत मनशाय नहुँदा पनि सजकता नअपनाउँदा बिवादमा तानिएका छन् । जुन चिज बिवादित हुन्छ वा नागरिकले प्रश्न गर्न सक्छन् भन्ने चेत नराख्ने, अरुले गरेका गल्तीबाट पटक्कै नसिक्ने सोँचले जनप्रतिनिधि सलामी गल्ती दोहोर्याउँदै छन् ।

नेकपाका जनप्रतिनिधि पनि पिर्के, मेच र कार्पेट सलामी लिइरहेका छन् । समानाता, समानता भन्दै आफ्नो जीवन हत्केलामा राखेर लडेको भुसुक्कै विर्सिएका छन् । सरकारमा गएर दुनियाँ बदल्ने कसम खाएका माक्र्सवादी जनप्रतिनिधि आफैँ सामन्ती संस्कारमा बदलिए । आफ्नो कार्यालयलाई सिंहदरबार ठान्ने, आफुलाई जनताको सेवक होइन, साशक ठान्दा एकपछि आर्को गल्ती हुँदैछ । जनताका सेवाका लागि होइन, मान, सम्मानन र खातिरीका लागि आफु निर्वाचित भएको ठान्दा समस्या भएको हो ।

ओखलढुङ्गाका प्रदेस सभा सदस्य मोहनकुमार खड्का

प्रतिक्रिया दिनुहोस्